कैलालीमा समाजवादी मोर्चाको सन्देश सभा हुदै

२९ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टी सहित चार दल सम्वद्ध समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभा सोमवार धनगढीमा हुदैछ । धनगढी स्थिति सौराही पार्टी प्यालेसमा सन्देश सभाको आयोजना गरिएको र तयारी पुरा भएको मोर्चाले जनाएको छ ।

गत भदौ १३ गतेका लागि तय गरिएको सन्देश सभा सोही दिन भएको एमसीसीको कार्यान्वय सम्झौताको विवादले स्थगित भएको थियो ।

सन्देश सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,नेकपाका महासचिव विप्लव सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।

सन्देश सभामा सम्वोधन गर्न नेकपाका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई राहत वितरण गरेर आइतवार साझँ नै धनगढी पुगिसक्नु भएको छ । समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभाहरु यसअघि नै अरु प्रदेशमा भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस