विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति हो ः प्रधानमन्त्री प्रचण्ड

२९ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति भएको बताउनु भएको छ ।

सोमबार धनगढीमा आयोजित समाजबादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
विप्लव जीले नयाँ गरिरहनु भएको छ,हामी एउटै मोर्चाबाट आएकाले एकीकृत जनक्रान्ति हामी सबैको क्रान्ति हो प्रधानमन्त्री प्रचण्डले भन्नु भयो ।

समाजबादी मोर्चाको गठनले तरङग फैलाएको बताउदै प्रधानमन्त्री प्रचण्डले विश्वभरका नेपालीहरुमा मोर्चा प्रति विश्वास जागेको बताउनु भयो ।
समाजबादी मोर्चाको काम बारे बहस सुरु भएको बताउदै उहाँले जनयुद्ध,जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नु समाजबादी मोर्चाको मुख्य कार्यभार भएको बताउनु भयो ।

उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतान्त्रिक नभएको बताउदै एमाले कम्युनिष्ट हुन नसककेको बताउनु भयो ।
देशलाई नयाँ भुमरिमा हाल्ने षडयन्त्र भईरहेको खुलासा गर्दै उहाँले सबैले सचेत हुन जरुरी भएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले चारपार्टीको एकतालाइ दरो बनाउदै समाजबादको यात्रा तय गर्नु पर्ने बताउनु भयो ।

उहाँले सरकार, सदन र सडकबाट आन्दोलन गर्न आवश्यक भएको उल्लेख गर्दै समाजबादी मोर्चाको सन्देश सभा टेलर मात्र भएको बताउनु भयो ।
यो टेलर मात्र हो पिक्चर अझै बाकी छ प्रधानमन्त्री प्रचण्डले भन्नु भयो “समिक्षा गरेर अघि बढन जरुरी छ । समाजबादी आन्दोलनलाई अगाडी बढाउन कम्युनिष्टहरुको एउटै पार्टी आवश्यक छ ।”

प्रधानमन्त्री प्रचण्डले इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको अन्य देश भन्दा पहिले नेपाल सरकारले उद्धार गरेको बताउनु भयो ।
उहाँले चाडै शवहरुलाई पनि नेपाल ल्याईने तयारी भइरहेको जानकारी गराउनु भयो ।

परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्न मोर्चाको भूमिका रहने बताउदै सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएर सुशासनको पक्षमा काम गरेको प्रधानमन्त्री दाहालले बताउनु भयो ।

उहाँले ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा मुछिएका दोषी कारवाहीको भागीदार भएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले अरु फायलहरू पनि छिट्टै खुल्ने जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस