२९ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महसचिव विप्लव सीले तीन करोड नेपाली जनताको भविष्य सुनिश्चित गर्न समाजवादी मोर्चा बनेको दाबी गर्नु भएको छ ।
सोमवार धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको प्रदेश स्तरिय सन्देश सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो दाबी गर्नु भएको हो ।
उहाँले नेपालमा दलाल पुँजीपतिवर्गले नेपालको सत्ता कब्जा गरेको भन्दै त्यो सत्ता भत्काएर नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनुको विकल्प नभएको बताउनु भयो ।
महासचिव विप्लवले दलाल पुँजीवाद नेपाली जनताको मुख्य दुश्मन भएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवाद नल्याउदा सम्म नेपालको समस्या समाधान नहुने ठोकुवा गर्नु भयो ।
उहाँले नेपालको जिम्मा अब माओवादी,कम्युनिष्ट र समाजवादीहरुले लिनुपर्ने बेला आएको बताउनु भयो ।
महासचिव विप्लवले भन्नु भयो “देश र जनतालाई दुख परेको छ । समाजवादी मोर्चाले देशको समस्यालाई काँध थाप्छ । जनतालाई निरास हुन दिन्न । सचेत दुष्टिकोण सहित यो मोर्चा बनेको छ ।”
उहाँले क्रान्तिकारी र कम्युनिष्टहरुका विरुद्ध विभिन्न भ्रम फैलाएर केही प्रतिगामी शक्तिहरुले समान्तवादलाई फर्काउन खोज्ने हकर्त गरेको भन्दै त्यो सम्भव नहुने ठोकुवा गर्नु भयो ।
उहाँले भन्नु भयो “सामन्तवादलाई धुलो चटाएर नेपालमा गणतन्त्र आएको छ । कुनै पनि बहानामा नेपालमा सामन्तवाद फर्किन सक्दैन । नेपाली जनताले समाजवाद र साम्यवाद चाहेका छन । जनताको नेतृत्वमा राज्यसत्ता चाहिन्छ । यो परिवर्तन ल्याउन सहिद,बेपत्ता,घाईते लगायत सबैको बलिदान छ ।”
उहाँले जसले क्रान्तिको नेतृत्व गर्यो उसैलाई दण्ड दिने अवस्था नेपालमा आउन खोजेको भन्दै त्यसको उचित जवाफ समाजवादी मोर्चाले दिने बताउनु भयो ।
उहाँले भन्नु भयो “क्रान्तिकारी माथि हमला केन्द्रीत छ । जनताका असन्तुष्टि सामन्तवाद तिर फर्केर हल हुदैन कि समाजबाट मात्र हल हुन्छ । नेपालमा अव समाजवाद चाहिन्छ । त्यो ल्याउन समाजवादी सत्ता बनाउन समाजवादी मोर्चा बनेको हो ।”
महासचिव विप्लवले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा रहेको भन्दै नेपाल माथि एकातिर अमेरिकीले सैन्य अखडा राख्ने दाउ राखेको र अर्कोतिर भारतीय साम्राज्यवादले पनि कालापानीमा आफ्नो हस्तक्षेपकारी रवैया देखाएको टिप्पणी गर्नु भयो ।
उहाँले समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनताको रक्षागर्न अगाडि बढने प्रतिवद्धता जनाउदै तीन करोड नेपाली जनताको भविष्य समाजवादी मोर्चाले मात्र बनाउने बताउनु भयो ।