महासचिव विप्लव सहित सयौ नेता,कार्यकर्ताले गरे अन्तीम श्रद्धान्जली

३० असोज,कपिलवस्तु । नेकपाका केन्द्रीय सदस्य चन्द्रवहादुर चन्द (विरजंग)को आज कपिलवस्तु शिवगढीमा अन्तीम श्रद्धान्जली गरिएको छ ।
उहाँको पार्थिव शरिरमा नेकपाका महासचिव नेत्रविक्रमचन्द्र (विप्लव) सहित सयौ नेता,कार्यकर्ता,जनता,घरपरिवार तथा आफन्तजनहरुको सहभागीतामा अन्तीम श्रद्धान्जली अर्पण गरिएको छ ।

लामो समय देखि मुटु रोग सम्वन्धि पीडित नेता विरजंगको असोज २८ गते राती भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँको पार्थिव शरिरलाई आज मात्र गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पुर्याइएको थियो । नेता विरजंगको पार्थिव शरिरलाई आजै अन्तीम दाहासंस्कार सहित विधाई गरिएको छ ।

उहाँको अभावले सिंगो पार्टीमा अपूरर्णीय क्षेति पुगेको नेकपाले वताएको छ ।

उहाँले पंचायतकाल,जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो योग्दान पुर्याउनु भएको र एकीकृत जनक्रान्तिको वेला करिव २वर्ष जेल जिवन समेत विताउनु भएको थियो ।

क्रान्तिकारी विचारमा निडर,इमान्दार र कर्मठ योद्धाको असमायिक दुखद निधनले सिंगो राष्ट्रलाई नै क्षति पुगेको छ । आदरणीय कमरेड विरजंग प्रति हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस