नेता बि.क प्रति नेकपा कालिकोट द्वारा श्रद्धाञ्जली व्यक्त

कार्तिक ३०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले आफ्नो पार्टीका एरिया नम्बर ५ का सदस्य हरिचन्द वि.क. ‘हृदय’ को निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छ । जिल्ला पार्टीको तर्फबाट शुक्रबार इन्चार्ज बिराट र सेक्रेटरी रणदीपले संयुक्त रुपमा शोक वक्तव्य निकाल्दै बि.क. प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

शोक वक्तव्य भनिएको छ, ने.क.पा. कालिकोटको एरिया नम्बर ५ का सदस्य हरिचन्द्र विकको बिहीबार साँझ स्थानीय भीरबाट लडेर मृत्यु भएको छ । छलाहाँ गाउँबाट खिन घरतिर जाँदै गर्दा उहाँ भीरबाट खस्नु भएको हो । उहाँको घटनास्थलमै ज्यान गएको थियो ।

शोक वक्तव्य भनिएको छ, पार्टीको एरिया कमिटी सदस्य विकको निधनले सिंगो पार्टीलाई ठूलो क्षति भएको छ । पार्टीका जुजारु नेता विकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनले कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ ।

कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवाद स्थापनाका निम्ति उहाँको महत्वपूर्ण भूमिका थियो । उहाँप्रति श्रद्धाञ्जलीका साथै समस्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।’

उहाँ पार्टीका जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली ब्यूरो संयोजक शाहासीका दाई हुनुहुन्छ ।

शोक वक्तव्य

प्रतिक्रिया दिनुहोस