धर्मेन्द्र समूहका बाँके इन्चार्ज शाहीलाई कडा कार्वाही गर्न एक महिलाको माग

३० कार्तिक,बाँके । नेकपा धर्मेन्द्र समुहका बाँके इन्र्चाज कृष्ण शाहीलाई कडा कार्वाही गर्न बाँके की एक महिलाले माग गरेकी छन ।
जिल्लाको कोहलपुर नगरपालिका बडा नम्वर २ निवासी कमला भुसालले सो समुहको केन्द्रीय कार्यालयलाई सम्वोधन गर्दै बाँके इन्चार्ज शाही माथि कडा कार्वाही गरिनु पर्ने माग गर्नु भएको हो ।

निवेदनमा आफु माथि चरित्र हत्या हुने गरी इन्चार्ज शाहीले अनावश्यक आरोप लगाईएकाले निज माथि कडा कार्वाही गरिनु पर्ने माग गर्दछु भनिएको छ ।
पीडित महिला भुसालले सो समुहका बाँके इन्चार्ज शाहीले आफ्ना श्रीमान राजु भुसाल र अरु मानिस संग अर्को केटा संग जिस्किरहेको थिइ मैले देखे भनेर गलत प्रचार गर्दै हिडिरहेकाले भ्रामक र चरित्र हत्या गर्ने काम गरिएको भन्दै कडा कार्वाही गरिनु पर्ने माग गर्नु भएको हो ।

निवेदनमा धर्मेन्द्र समुहले यदि शाही माथि कडा कार्वाही नगरे कानुनी प्रक्रियामा अगाडि वढ्ने चेतावनी समेत दिएको छ ।
निवेदनको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस