व्यक्ति नभई व्यबस्था बदल्ने चुनाव गरौं ः विषम सी

३० कार्तिक,धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले दलाल संसदीय व्यवस्थाको व्यक्ति बदल्ने चुनाव नभएर व्यवस्था बदल्ने चुनाव गर्नुपर्ने वताउनु भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा वुधवार धनगढीमा आयोजना गरेको राजनैतिक भण्डाफोर सभालाई सम्वोधन गर्दै नेता विषमले यस्तो वताउनु भएको हो ।

उहाँले दलाल संसदीय ब्यबस्थालाई नबदले सम्म जनताले सुख नपाउने बताउदै ब्यक्ति बदल्ने नभई व्यवस्था वदल्ने चुनाव गर्न आवश्यक भएको बताउनु भयो ।
नेता विषमले सडेगलेको संसदीय व्यवस्थालाई लेपन लगाउन मंसिर ४ को चुनावी नौटंकी भइरहेको भन्दै त्यस्तो नौटंकीको खारेजी गर्न आम जनतालाई अपिल गर्नु भयो ।

उहाँले असफल भएको संसदीय व्यवस्थाको चुनाववाट नेपाली जनताको कुनै पनि समस्या समाधान नहुने र समस्या अझै वढेर जाने जिकिर गर्दै बैज्ञानिक समाजबादी व्यवस्थाको विकल्प नभएको उद्घोष गर्नु भयो ।

उहाँले नेपाली जनतालाई लुट्न र देशलाई वेच्न एमसीसी गरेको र त्यसैको पैसाले संसदीय चुनाव गर्न दलाल संसदवादीका नेताहरु लागेको दावी गर्नु भयो ।
संसदीय चुनावले राष्ट्रियता अझै खतरामा पर्ने र सिंगो देश विदेशीको हातमा संसदवादीहरुले सुम्पने सम्भावना भएकाले यसलाई कुनै पनि हालतमा रोक्नुपर्ने भन्दै नेता विषमले चुनाव भित्रको गुलियो भाषणमा विषको पोका आइरहेकोले चुनाव खारेज अभियानमा लाग्न र भोट कसैलाई नदिन आवाहन गर्नु भयो ।

भण्डाफोर सभामा बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका महासचिब विश्वभक्त दुलाल आहुतीले संसदबादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धक बनेको वताउनु भयो ।

उहाँले मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ÷शहरबाट खारेज गर्न पनि अपिल गर्नु भयो ।
महासचिब आहुतीले नेपालमा एमसीसी नामको अमेरीका आई सकेको बताउदै हजारौ विगाह जमीन समेत नेपालमा किनी सकेकाले नेपाल युक्रेन हुने सम्भावना वढेको जिकिर गर्नु भयो ।

उहाँले ७० हजार बैदेशिक ऋण प्रत्येक नेपालीको टाउकोमा हाल्न कथित चुनावी प्रपञ्च भइरहेको भन्दै संसदबादी दलका नेताहरुले हरेक निर्बाचनमा झुटको खेती गर्दै आएको र फेरी पनि त्यहि दोहोरिरहेको दावी गर्नु भयो । उहाँले संसदवाद र संसदीय व्यवस्था खारेज नगरी जनताको मुक्ति नहुने भएकाले नेपालमा संसदीय व्यवस्था अन्त्यको आन्दोलन गर्नुपर्ने वताउनु भयो ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय संगठन विभाग प्रमुख कृष्णहरी भट्टले कांग्रेस एमाले र माओबादी नामका तीनवटा भोटे कुकुरले जन्तालार्इै लुछ्ने काम गरी रहेको टिप्पणी गर्नु भयो ।

उहाँले कांग्रेस नामको कालो कुकुर, माओबादी नामको रातो कुकुर र एमाले नामको सेतो कुकुरले संसदीय व्यवस्थामा निबार्चनको नाममा देश र जनतालाई लुटन सम्म लुटेको बताउदै अवको निर्बाचन खारेज गर्नुको विकल्प नभएको वताउनु भयो ।

विप्लव नेतृत्वको नेकपाका पोलीटयुरो सदस्य बन्धु चन्दले निर्बाचन पुँजीबादको कारीन्दा भएको बताउदै निर्बाचनमा मत खरिद विक्र हुने भएकाले त्यो बास्तविक जनताको हितमा नहुने बताउनु भयो । उहाँले निर्बाचनमा मतदान गरेर अब आफ्नो खुट्टामा आफै बन्चरो हान्नेकाम बन्द गर्नु पर्ने र भागीरती भट्ट र निर्मला पन्तलाई न्याय दिने व्यवस्था ल्याउनु पर्ने वताउनु भयो ।

उहाँले गोविन्द गौतम र जयसिह धामीको हत्या हुँदा समेत बोल्न नसक्ने दलाल नेताहरुको रबैयाले यो कुराको पुष्टि गरेको बताउनु भयो । नेकपाका केन्द्रिय सदस्य डबल शाहको अध्यक्षतामा सम्पन्न भण्डाफोर सभामा बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका केन्दीय सचिबालय सदस्य श्याम कुवरले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा सामना जनसाँस्कृतीक परिवारको केन्द्रिय टोलीले जनबादी गीत संगित मार्फत संसदीय व्यवस्थाको भण्डाफोर गरेको थियो । कार्यक्रम सुरु हुनु अघि धनगढीको ट्राफिक चोक चौराहा देखि विशाल र्याली निकालिएको थियो ।

र्यालीमा एमसीसी खारेज गरौं,संसदीय चुनाव खारेज गरौं,संयुक्त जनआन्दोलन जिन्दावाद जस्ता नाराहरु लगाईएका थिए । र्याली पार्कमोडमा पुगेर भण्डाफोर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस