दलाल जनविरोधी तत्वको संसदीय चुनाब खारेज गर्नु होस् ः प्रकाण्ड सी

३० कार्तिक , कास्की । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा स्थायी समिति सदस्य प्रकाण्ड सीले दलाल जनविरोधी तत्वको संसदीय चुनाब खारेज गर्न अपिल गर्नु भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको संयुक्त आयोजनामा वुधवार पोखरामा आयोजना गरिएको भण्डाफोर सभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो वताउनु भएको हो ।
उहाँले मङ्सिर ४ गते हुने भनिएको चुनावले नेपालका श्रमजीवी र देशभक्त जनताको प्रतिनिधित्व गर्न नसक्ने भन्दै यो चुनाव जनताको कुनै सरोकारको विषय नभएको वताउनु भयो ।

उहाँले भन्नु भयो “सरकारले घोषण गरेको चुनावको कार्यक्रम जनताको कार्यक्रम होइन , यो, जसले देश र जनताका विरुद्ध भ्रस्टाचार र रास्ट्रघात गरेका छन, ती दलाल र जनविरोधी तत्वहरुको कार्यक्रम हो ,यसलाई खारेज गर्नु पर्छ ।”

प्रवक्ता प्रकाण्डले देश गम्भीर राजनीतिक आर्थिक संकटको दिशातिर धकेलिदै गएको र गरिवि, महङ्गी, बेरोजगारी, प्रतिव्यक्ति सार्वजनिक ऋण डरलाग्दो ढङ्गले बढिरहेको भन्दै यी समस्यालाई सम्वोधन गर्न र त्यसका लागि जनताको आफ्नै पहलकदमी भएको व्यवस्था वैज्ञानिक समाजवाद ल्याउनु पर्ने वताउनु भयो ।

उहाँले भन्नु भयो “उहि प्रवृति र उहि बेइमानीलाई दोहोर्याइदै छ, यसले मुलुकलाई कसरी अग्रगमन र प्रगतिको बाटोमा लिन सक्छ ? आजका जे जती समस्याहरु देशले भोग्दै छ यसको मुख्य कारण भनेको हिजो जनयुद्ध र जन आन्दोलनको मर्म र भावना अनुसार संविधान बन्न दिइएन, जबर्जस्त संविधान लादियो, यो संविधान र व्यवस्थालाई त यो देशका जनताले अस्विकार गरेकै छ्न ।”

प्रवक्ता प्रकाण्डले जनताको व्यवस्था र संविधान बन्न नसकेको कारण नै आज देश बिदेशी हस्तक्षेप र दलालहरुको षड्यन्त्रमा देश फस्दैगएको भन्दै यो स्थिति लाई बदल्न संसदीय निर्वाचन खारेज गरेर व्यवस्था परिवर्तनको निर्वाचनमा जान आवश्यक भएको दाबी गर्नु भयो ।
सभामा ऋषि कट्टेल नेतृत्वको नेकपा उपाध्यक्ष आर बि भण्डारीले हाम्रा ८० लाख युवाहरुले पठाएको विप्रेषणबाट देश चलिरहेको भन्दै उनिहरुले रेमिटेन्स नपठाउने हो भने देश ठप्प हुने वताउनु भयो ।

उहाँले विदेशीहरुले दिएको फ्री भिसा , फ्री टिकटसम्म यहाका दलालहरुले आफ्ना आसेपासेहरुलाई बाडेर खाइरहेको भन्दै यो बेथिति बदल्न चुनाव बहिष्कार गर्नु परेको बताउनु भयो । सभामा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकी नेतृ धन कुमारी सुनारले यो संसदीय प्रणाली विश्वमा नै असफल व्यवस्था भएको भन्दै यसले महिला ,दलित लगाएत उत्पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने वताउनु भयो ।

पोखराको पृथ्वीचोकमा सम्पन्न तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा कास्की – गोर्खा इन्चार्ज शिलु सी लगाएतका नेता कार्यकर्ता र हजारौं जनताको सहभागीता रहेको थियो ।

भण्डाफोर कार्यक्रमको अध्यक्षता बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता विनोद परियारले गर्नु भएको थियो भने स्वागत मन्तव्य नेकपा नेता मनिस भट्टराई र सञ्चालन नेकपा कास्कीका सेक्रेटरी काजी सी ले गर्नु भएको थियो । कार्यक्रम सुरु हुनु पूर्व पोखराका विभिन्न चोकवाट र्याली निकालिएको थियो । र्याली पृथ्वीचोकमा गएर सभामा परिणत भएको त्यहाँवाट निरुता बिश्वकर्माले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस