ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता सहित पाँच दिने स्कुलिङ्ग सम्पन्न

१ पुस,बाँके । ज्ञानलाई व्यवहारमा उतार्ने सामुहिक प्रतिवद्धता गर्दै बाँकेमा पाँच दिन देखि जारी जुना अनल स्कुलिङ्ग कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
विप्लव नेतृत्वको नेकपा बाँके र वर्दियाले कोहलपुरमा मंसिर २५ गते देखि आधारभूत स्कुलिङ्ग कार्यक्रम सुरु भएको थियो ।
स्कुलिङ्ग कार्यक्रमम जनवर्गीय संगठनका दुवै जिल्लातहका झण्डै ४० जना कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

स्कुलिङ्गमा माक्र्सवादका तीन संगठन अंग दर्शन शास्त्र, राजनीतक अर्थशास्त्र र वैज्ञानिक समाजवादका वारे विषयगत ज्ञान दिएको छ ।
स्कुलिङ्गको अवधिभर केन्द्रवाट पुग्नु भएका स्कुलिङ्ग विभागका प्रशिक्षक भेजराज भुसाल, लालवहादुर विसी,गति र जिल्ला इन्चार्ज दिपकले विषयगत दक्षताका आधारमा प्रशिक्षण दिनु भएको थियो ।

स्कुलिङ्गको आजै समापन कार्यक्रमको आयोजना गरि ज्ञानलाई व्यवहारमा उतार्ने सामुहिक प्रतिवद्धता गर्दै औपचारि समान गरिएको छ ।
समापन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिपकले स्कुलिङ्गले मार्गनिर्देशन मात्र गरेको र वाँकी अध्ययन गर्ने काम सम्वन्धित व्यक्तिको भएको वताउनु भयो ।

उहाँले कम्युिनष्ट भनेको सवै भन्दा राम्रो मान्छे हुने भएको भन्दै विचार ,वानी,व्यवहार र आचरणले सभ्य नागरिक वन्नु पर्ने वताउनु भयो ।
प्रशिक्षक भेसराज भुसालले क्रान्तिमा विशेषज्ञता पनि आवश्यक पर्ने हुदा स्कुलिङ्ग कार्यक्रम भएको वताउनु भयो ।
उहाँले सिकेका कुरा व्यवहारमा लागू गरेमा मात्र स्कुलिङ्ग कार्यक्रमको महत्व हुने भन्दै सवैले व्यवहारमा कार्यन्वयन गर्नेमा आसावादी भएको वताउनु भयो ।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीको तर्फवाट आफ्नो अनुभूतिहरु राख्दै युवा संगठनकी प्रेरणा,अनेमसंघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष कल्पना रोकाया, अनेरास्ववियु क्रान्तिकारीका हरि प्याकुरेल, युवाका मन वहादुर भाम,अनेरास्ववियु क्रान्तिकारीका पदम वोगटी, नेकपा जिल्ला सदस्य परिवर्तन लगायतले वोल्दै स्कुलिङ्गले ठुलो ज्ञान दिएको वताउनु भएको छ । उहाँहरुले स्कुलिङ्गवाट सिकेको कुरा अव आफ्नो जीवन व्यवहारमा लागु गर्ने सामुहिक प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस