नेकपाका महासचिव विप्लवलाई सुर्खेतमा भव्य स्वागत

४ माघ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई सुर्खेतमा भव्य स्वागत गरिएको छ ।
सुर्खेतको वीरेन्दनगरमा शनिवार हुने कर्णाली प्रदेश स्तरिय राजनीतिक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण दिन शुक्रवार साँझ सुर्खेत पुग्नु भएका महासचिव विप्लवलाई प्रदेश पार्टीले भव्य स्वागत गरेको हो ।
नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्र्चाज सुशिल सी,पोलिट व्यूरो सदस्य एटम सी लगायतका नेता कार्यकर्ताहरुले महासचिव विप्लवलाई भव्य स्वागत गरेका थिए ।


नेपाली जनताको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी नेकपाका महासचिव विप्लव सुर्खेत पुग्नु भएपछि नेकपाका नेता कार्यकर्ताहरु निकै उत्साहित भएका छन ।
नेकपाले कर्णाली प्रदेशले कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रशिक्षण कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका १० जिल्ला हुम्ला, मुगु, जुम्ला,डोल्पा, कालिकोट, दैलेख,जाजरकोट,सल्यान, पश्चिम रुकुम र सुर्खेत जिल्लाका नेता कार्यकर्ताहरु वीरेन्द्रनगर पुगेका छन । यसअघि नेकपाका महासचिव विप्लवले शुक्रवारै बाँके र बर्दिया जिल्लाको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस