३ माघ, कालिकोट । नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले कर्णालीलाई साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ बनाउन दिन नहुने भन्दै एकपटक यहाँका जनतालाई फेरेसली सोच्न अपिल गर्नु भएको छ ।
कर्णाली –काठमाडौ सम्पर्क मञ्चले शुक्रवार काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सवोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले कर्णालीलाई साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ बनाउन दिन नहुने भन्दै एकपटक यहाँका जनतालाई फेरेसली सोच्न अपिल गर्नु भएको हो ।
‘फागुनमा राष्ट्रघाती र राष्ट्रवादी, समाजवादी र साम्राज्यवादी,नवदलालहरुबीचको निर्वाचन हुदैछ, यसमा कर्णाली र कालिकोटका जनताले सिरियसली सोच्नु पर्छ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘कर्णालीलाई साम्राज्यवादी र दलालहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ दिनु हुदैन, तपाईहरुले एकपटक साम्राज्यवाद र दलालहरु विरुद्ध लड्नु होस । तपाईहरुले निर्वाचनमा जनताका नेतालाई साथ दिनु होस, यदि तपाईहरुले साथ दिनु भएन भने म एक्लै भएपनि साम्राज्यवाद र दलालहरुका विरुद्ध लड्छु । कर्णालीलाई कसैको स्वार्थसिद्ध बनाउन दिदैन ।’

उहाँले कर्णाली र कालिकोटले जनयुद्धमा ऐतिहासिक भूमिका पुरा गर्दै आएको चर्चा गर्दै अब पनि ऐतिहासिक भूमिका पुरा गर्न अपिल गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले कालिकोटले समग्र कर्णालीको नेतृत्व गरिरहेको भन्दै एक पटक समाजवादी र राष्ट्रवादी नेतालाई जिताउन कर्णालीवासीलाई अनुरोध गर्नु भयो ।
जनयुद्धका बेला कर्णालीका प्रमुख नेताको रुपमा परिचित नेता प्रकाण्डले कालिकोटबाट उम्मेदवारी दिने तयारी गर्नु भएको छ । उहाँलाई समग्र कर्णाली र कालिकोटको विकासका लागि भोट दिएर जिताउदा कर्णालीलाई नै निकै फाईदा हुने चर्चा चलेको छ । उहाँलाई अहिलेसम्म विवादरहित, कक्रान्तिकारी,राष्ट्रवादी र समाजवादी नेताको रुपमा सबैले चिन्ने गरेका छन ।
