निर्मलाका बलात्कारी गृहमन्त्रीका छोरा ः काङ्गेस उपसभापति कैलालीका नेता वम

४ माघ धनगढी । नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बमले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा भएको आरोप लगाउनु भएको छ ।
शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले आयोजना गरेको सभामा बोल्दै उहाले यस्तो आरोप लगाउनु भएको हो ।
“नेपालमा सबैभन्दा पहिला पत्ता लागेको घटना निर्मला हत्याकाण्ड हो’ उहाँले भन्नु भयो ‘हत्या भएको ५ मिनेटमै गृहमन्त्रीका छोराले बुवालाई ‘रमाइलो गर्दा हत्या भयो’ भनेर फोन गरेका थिए । त्यसपछि गृहमन्त्रीले कञ्चनपुरका एसपीलाई फोन गरेर एसपीले कञ्चनपुरका मेयरलाई फोन गरेर घटना मिलाउन अनुरोध गरेका थिए।”
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ तर दोषि समातिएको छैन ।

प्रतिक्रिया दिनुहोस