अरु सबै प्रकाण्डले उत्पादन गरेका बच्चा बच्ची हुनः प्रकाण्ड सी

५ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता तथा उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले कालिकोटका माओवादी मुलका नेताहरु सवै आफूले उत्पादन गरेका बच्चा बच्ची भएको बताउनु भएको छ ।
नेकपा माओवादीको चुनावी प्रचारकाक्रममा मंगलवार मुग्राहमा भएको कार्यक्रममा बोल्दै अरु सबै प्रकाण्डले उत्पादन गरेरका बच्चा बच्ची भएको बताउनु भएको हो ।
चुनावी प्रचारका क्रममा प्रकाण्ड विरुद्ध नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र शाही र जीवन बुढाले अनर्गल झुट्टा प्रचार गरेपछि त्यसको जवाफ दिदै प्रकाण्डले आफूले उत्पादन गरेका बच्चा बच्चीहरुले धेरै नबोल्न चुनौती दिनु भयो ।
उहाँले भन्नु भयो,‘जनताको विचार र राजनीति हावी गर्ने, जनयुद्धको १० बर्षको मुख्य जिल्ला बनाउने भूमिका प्रकाण्डको हो, ५०० सहिद,१ सयवढी वेपत्ता र थुप्रै घाईतेहरुको योगदान दिने जिल्ला कालिकोट हो, यसको सबै योगदान प्रकाण्डको हो, अरु सवै प्रकाण्डका बच्चा बच्ची हुन, आफूले उत्पादन गरेका हुन ।’
उहाँले प्रकाण्ड विरुद्ध बोल्ने बच्चा बच्चीहरु कसैको षड्यन्त्रमा परिचालित भएको आसंका गर्दै उनीहरुमाथि छानविन गर्नुपर्ने बताउनु भएको छ ।
कालिकोट मात्र होईन कर्णालीमै जनयुद्धको संस्थापक नेता प्रकाण्डले महेन्द्र शाही जीवन वुढा लगायतका सबै माओवादी नेता कार्यकर्तालाई भूमिगत गराउनु भएको थियो ।
उहाँ १८ बर्षसम्म चुनावमा नआउदा महेन्द्र शाहीको रगजग भएको थियो । अहिले प्रकाण्ड चुनावमा आउदा उनीहरुको सातो गएपछि छटपट्टी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस