मालेमाको बेशमा पत्रकारिता गर्न नेकपा नेता बिसिकाे आग्रह

फाल्गुन ५, सुर्खेत । नेकपाका केन्द्रिय सदस्य एटम बिसीले मालेमाको बेशमा पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ ।

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिको आयाेजनामा बिहीबार उद्घाटन गरेको पाँच दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हाे ।

नेता बिसिले वैज्ञानिक समाजवाद प्राप्तिका लागि मालेमावाद र जनपत्रकारितालाई सँगै जोडेर एकीकृत जनक्रान्ति सफल पार्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले मालेमावादी दृष्टिकोण नभएको जनपत्रकारिता कुहिरोको काग हुने भएकोले मालेमावाद र जनपत्रकारितालाईसँगै जोड्नु पर्ने आवश्यकता रहेकाले कलम र क्यामरा पनि क्रान्तिका अग्रमोर्चाका सिपाही भएको भन्दै आमुल परिवर्तन, राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि जनपत्रकारिता अनिवार्य भएको धारणा राख्नुभयाे ।

पाँच दिने पत्रकारिता तालिम तथा स्कुलिङ्ग कार्यक्रममा पत्रकारिता, समाचार, रिपोर्टिंगका साथै दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादका बारेमा बिषयगत तालिम दिइनेछ ।

आधारभूत पत्रकारिता तालिम तथा स्कुलिङ कार्यक्रममा जनपत्रकार संगठनका केन्द्रिय संयोजक शेरबहादुर विक (दर्शन), कर्णाली प्रदेश अध्यक्ष वसन्त विक लगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नुहुनेछ ।

तालिमको उद्घाटन सत्रमा जनपत्रकार संगठन केन्द्रीय संयोजक शेरबहादुर बिक(दर्शन), नेकपाका पूर्व केन्द्रिय सदस्य हिमाल, जनपत्रकार संगठनका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य जगदिशनाथ योगी, नेकपाका जिल्ला सदस्य तथा बराहाताल गाउँपालिका इन्चार्ज विनोद लामा लगायतको आतिथ्यता रहेको थियो ।

तालिममा भेरी कर्णालीका जिल्लाबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष वसन्त विकले गर्नु भएको थियो । कार्यक्रममा रगवीर विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने संचालन कर्ण विकले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस