४ चैत्र वाँके । वाँकेमा जिल्लादेखि डिआइजी कार्यालयको संरक्षण हुँदा प्रहरीको ‘असुलीधन्दा’ निकै फस्टाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँके मातहत कार्यरत तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको ‘असुलीधन्दा’ले यतिबेला सिंङ्गो प्रहरी संगठन नै बदनाम हुने अवस्थामा छ ।
माथिल्लो तहका प्रहरी अधिकारीहरुको संरक्षणमा तल्लो तहका प्रहरी कर्मचारीबाट हुने ‘असुलीधन्दा’को पोल एकपछि अर्को गर्दै खुलासा हुन थालेको छ ।
प्रहरी हवल्दार भुवन शाह र प्रहरी जवान जितेन्द्र केसीको असुलीधन्दा कोहलपुरदेखि अगैयासम्म खुबै मौलाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुरक्षा खटिएका प्रहरी हवल्दार भुवन शाहले सात बर्षदेखि असुलीधन्दा चलाइरहेका छन् भने प्रहरी जवान जितेन्द्र केसी चलाइरहेको ‘असुलीधन्दा’ कोहलपुर क्षेत्रमा वढदै गएको छ ।
प्रहरी जवान जितेन्द्रले कोहलपुर क्षेत्रका व्यवसायी, टिप्पर तथा ट्याक्टर व्यवसायी र बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुबाट कमिसन उठाउने, मोटरसाइकल मर्मत तथा तेल हाल्न लगाएर आतंकित गर्दै आएका छन् ।
असुलीधन्दा मच्चाउनेमा, कोहलपुर डिएसपीका ‘बडिगार्ड’ विनोद वली पनि रहनु भएको छ । उहाको ‘असुलीधन्दा’बारे इलाका प्रहरी कार्यालयका डिएसपी रबिन्द्र खनाल भने बेखबर रहेको कोहलपुर प्रहरी स्रोतले बताएको छ ।
डिएसपी खनालले यस बिषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै ‘ असुलीधन्दामै लागेको भए बुझेर तत्काल कारबाही गरिने वताउनु भएको छ ।
प्रहरी जवान जितेन्द्रलाई कारबाही गर्न भन्दै २०७७ माघ २७ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँके प्रहरीलाई पत्र पठाएको भए पनि बाँकेका प्रहरी प्रमूखकै संरक्षण रहेकाले काबाही नभएको पनि प्रहरी स्रोतले वताएको छ । श्रोतः सत्यपाटीवाट