४ चैत, काठमाडौं । बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघ समातिएको छ । मानिसलाई आक्रमण गर्दै आतंक मच्याउने एउटा बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिनु भयो ।