कर्णाली सरकारमा ओली समुहको समर्थन फिर्ता

 

४ चैत, सुर्खेत । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको ओली समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को नेपाल समूहले समर्थन कायमै रहेको बताएको छ ।
बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नु भयो ।
त्यसको एक घण्टा नबित्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको प्रतिकृया दिएका छन् ।
नेपाल समूहका सांसदहरुले कँडेलको नेतृत्वमा भएको बैठकलाई गुटगत भेलाको संज्ञा दिएका छन् र ‘समर्थन फिर्ता गर्ने निर्णय’को बैधतामाथि प्रश्न उठाएका छन् ।
प्रदेशसभामा एमालेका २० प्रदेशसभा सदस्य छन । उनीहरुमध्ये एक सभामुख हुनुहुन्छ । बाँकी १९ मध्ये १० जना ओली समूहमा र ९ जना माधव समूहमा छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गराउनु भएका नेता कँडेलले सरकार कामचलाउ भएको प्रतिक्रिया दिनु भएको छ । अब मुख्यमन्त्रीले विश्वासको मत पाउने स्थिति नरहेको उहाको दाबी छ ।
माओवादी केन्द्रका १३ जना सांसद् छन् । यद्यपि माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेको प्रदेश सचिवमा मनोनित भइसक्नु भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका ६ जना सांसद् छन् । एक जना राप्रपाबाट छन् ।
एमालेले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री शाहीलाई कम्तिमा २० प्रदेशसभा सदस्य चाहिन्छ, । अहिले भने ओली समुहको समर्थ फिर्ता पछि विश्वासको मत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस