४ चैत्र,काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेलमा रहनु भएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ तिम्सिनालाई रिहा गर्न आदेश दिएको हो ।
उहा सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङमा जेल पर्नु भएको थियो । उहालाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पु¥याइएको थियो ।