४ चैत्र,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुक्रवारवाट सुरु भएको छ ।
बैठक अपराह्न २ बजे सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
सबै केन्द्रीय सदस्यलाई अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको छ । महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् ।
अध्ययनपछि प्रतिवेदनमाथि शनिवार वस्ने वैठकमा छलफल सुरु हुने बताइएको छ ।