सत्ताको भर्याङ्ग टिआरसी विधेयक बनाउनु हुदैनः प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता प्रकाश ज्वालाले शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा गर्न बनेको विचाराधिन टिआरसी विधेयक सत्ताको भर्याङ्ग बनाउन नहुने बताउनु भएको छ ।

काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उहाँले टिआरसी विधेयकलाई सत्ताको भर्याङ्ग बनाउन नहुने बताउनु भएको हो ।

उहाँले भन्नु भयो ‘सत्तामा हुदा विधेयक पारित गछौ, गर्नु पर्छ भन्ने तर सत्ता वाहिर आउदा पारित गर्नमा असहयोग गर्ने काम भयो । यो सत्ताको भर्याङ्ग बनाउन हुदैन ।’

उहाँले जनयुद्धको बेला बेपत्ता भएका सबै योद्धाहरुको यथाशिघ्र सार्वजनिक गर्न माग गर्नु भयो । शान्ति सम्झौतामा हस्ताक्षर गरेको ६० दिन भित्र बेपत्ता योद्धाहरुको सार्वजनिक गर्ने सहमति भएपनि शान्ति सम्झौता भएको १८ बर्ष सम्म पुरा नहुनु दुखत भएको बताउनु भयो ।

उहाँले बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न परिवारजनहरुले आन्दोलन गर्नु पर्ने पनि बताउनु भयो । बेपत्ता योद्धा विपिन भण्डारीसंग काठमाडौं वस्दा संगै बसेको स्मरण गर्दै विपिन निकै राष्ट्रप्रति माया र सम्भावना भएको व्यक्ति भएको टिप्पणी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस