१ साउन,काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले विप्लव थाकेर प्रचण्डसङ्ग मिल्न खोजेको भनेर दिएको तर्क गलत भएको वताउनु भएको छ ।
उहाँले थाकेको नभई बरु अब नेपालमा क्रान्ति र नयाँ व्यवस्था स्थापित गर्न सकिन्न भनेर थाकेका मानिसहरूलाई समाजवादको यात्रामा हाँक्न खोजेको दाबी गर्नु भएको छ ।
आईतवार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै स्थायी समिति सदस्य नेता भरत सीले यस्तो दाबी गर्नु भएको हो ।
उहाँले आफ्नो स्टाटसमा भन्नु भएको छ “विप्लव थाकेका छैनन न नेकपा थाकेको छ बरु थाकेकोलाई समाजवादतर्फ हाँक्न खोजेको पक्कै हो । दलाल पुँजीवाद समस्या हो र समाधान समाजवाद हो भन्ने नेकपाको लाइन स्थापित भएको छ । यो त थाकेकाहरुको गनगन हो जो आफू जस्तै विप्लव पनि थाकी देउन भन्ने चाहना राख्छन ”
उहाँले विप्लव प्रचण्ड सम्बन्धबारे सेतो पार्टीमा विनु सुवेदी र बाह्रखरीमा माधव ढुङ्गेलले गरेको विश्लेषणतिर संकेत गर्दै प्रचण्ड र विप्लवलाई स्वार्थले हैन कि देशको बस्तुगत आवश्यकताले जोडेको टिप्पणी गर्नु भयो ।
नेता भरत सीले देश र समाजको आवश्यकता सबै माओवादी, कम्युनिस्ट र समाजवादी शक्तिहरु नयाँ विचार र मान्यतामा एकजुट भएर आन्तरिक र बाह्य चुनौतीको सामाना गर्दै समाजवादी मोर्चा त्यो दिशामा एक ठोस पहल वताउनु भयो ।
नेता भरत सी का अनुसार नेकपाले लिएका राजनीतिक, वैचारिक र आर्थिक उत्पादनसम्बन्धि योजना स्थापित हुदै गएपछि एकथरी मान्छेहरु अब क्रान्ति अगाडि नबढोस र बरु विप्लवहरु पनि थाकेको हेर्न चाहेका छन ।
उहाँले स्टाट्समा भन्नु भएको छ “आज नै विप्लव विरुद्ध दुईवटा लेख किन आए त ? किनभने पार्टीको उत्पादनको नीति र योजनाले राम्रो प्रभाव दिएको छ । असार ३० गते पार्टीले दिएको बिदा सकिदै थियोे । यो नेपालका कुनै पनि पार्टीले नगरेको काम हो । जसले एउटा क्रान्तिकै काम गरेको थियो । आवश्यकता त यसलाई अरुले पछ्याउनु थियो तर दलाल पुँजीवादले यसो हुन दिदैन । समाजवादी मोर्चा पनि अघि बढेको छ र त्यसको आकर्षण पनि विप्लव बनेका छन ।”
यस्तो छ स्टाट्स
प्रतिक्रिया दिनुहोस