हामीले जोतेको हलो बावु बाजेले जोतेको हलो होईनः विप्लव सी

३१ साउन,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अहिले नेकपाले जोतेको हलो बावु बाजेले जोतेको हलो नभएको टिप्पणी गर्नु भएको छ ।
शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले यस्तो टिप्पणी गर्नु भएको हो ।
उहाँले अहिले नेकपाले जोतेको हलोको पछाडि दुष्टिकोण जोडिएको भन्दै दुष्टिकोण सहितको हलो र दृष्टिकोण विनाको हलोमा फरक भएको दाबी गर्नु भयो ।
महासचिव विप्लव सीले भन्नु भयो ‘हामीले जोतेको हलो बावु बाजेले जोतेको हलो होईन, यसका पछाडि दृष्टिकोण छ, आत्मनिर्भर पार्टी र जनता बनाउने अभियान छ, स्वाभिमान जोडिएको छ ।’
महासचिव विप्लवले समाजवादमा पुग्नका लागि उत्पादनमा नजोडिएको पार्टीले समाजवाद ल्याएपनि टिकाउन नसक्ने बताउनु भयो । समाजवाद भनेको स्वाधीन र स्वाभिमान सहितको हुने ठोकुवा गर्नु भयो ।
उहाँले देश बनाउने दृष्टिकोण भएको पार्टी, नेता, प्रोफेसर, वुद्धिजीवी, युवा सहित जनता चाहिने चर्चा गर्दै देश बनाउने हुट्हुटी नभएको मान्छेले दलाल पुँजीवादको गुलामी हुनुपर्ने बताउनु भयो ।
महासचिव विप्लवले सिद्धान्त र व्यवहार, आर्दश र जीवनबीचको तालमेल मिलाउन सक्यो भने देशमा फैलिरहेको निरासा अन्त्य गर्दै आसा जनाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले नेपालमा केन्द्रीकृत कम्युनिष्ट पार्टी बनाउने चाहाना भएको पनि बताउनु भयो । महासचिव विप्लवले माओवादीसंगको एकताको चर्चा चलेपनि ठोश रुपमा आफ्नो पार्टीको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने जानकारी दिनु भयो । उहाँले एकता गर्दा नयाँ विचार, नेतृत्व र कार्यक्रम सहित सोच्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस