कम्युनिष्ट आन्दोलनको पूनर्गठन जरुरी छः सुशिल सी

१ भाद्र, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीेले कम्युनिष्ट आन्दोलनको पूनर्गठन जरुरी भएको बताउनु भएको छ ।
‘समाजवादका लागि नयाँ पुस्ता’ विषय कार्यक्रमलाई सुर्खेतमा शनिवार सम्वोधन गर्दै स्थायी समिति सदस्य सुशिल सीले कम्युनिष्ट आन्दोलनको पूनर्गठन जरुरी भएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘समाजवादका लागि ठुलो प्रकारको क्रान्ति गर्दैछौ, हामीले नयाँ धुव्रीकरण खडा गर्दैछौ, जनताले नपचाएका व्यक्तिबाट समाजवाद सम्भव छैन, त्यसैले कम्युनिष्ट आन्दोलनको पूनर्गठन जरुरी छ ।’
उहाँले केपी ओलीले विद्यामाथि सदस्यता खारेज गरेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेको आरोप लगाउनु भयो । नेता सुशिलले नयाँ पुस्ता सहित नयाँ विचारले मात्र समाजवाद स्थापित हुने ठोकुवा गर्नु भयो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उप–कुलपति धुव्र गौतमले नेपालमा समाजवाद कस्तो हुनुपर्छ ? स्पष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले सबैले समाजवाद भनेका छन, नेपालको समाजवाद कस्तो हो ? स्पष्ट गरौ भन्नु भयो ।
उप–कुलपति गौतमले पूँजीवादका विभिन्न रुपहरु भएजस्तै समाजवादका पनि विभिन्न रुपहरु देखिएको टिप्पणी गर्नु भयो ।
नेपालमा पुँजीवादको समस्या बढ्दो रहेको भन्दै उहाँले समाजवाद समानताको व्यवस्था भएकाले नेपालमा समाजवाद आवश्यक भएको जिकिर गर्नु भयो ।
कार्यक्रममा प्राध्यापक लक्ष्मणसिंहले समाजवादका लागि सक्षम नेतृत्व आवश्यक पर्ने विचार राख्नु भयो ।
उहाँले नेकपाका नेता वाहेक अरु पार्टीका नेताहरुलाई निजी सम्पत्तिको लोभले गाजेको भन्दै उनीहरुबाट समाजवाद सम्भव नदेखेको बताउनु भयो ।
उहाँले निजी सम्पत्तिको लोभ कम्युनिष्टहरु समाजवादीहरुले त्याग गर्नुपर्ने विचार राख्नु भयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थीहरुले समाजवादको वारेमा कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव विप्लव सी समक्ष विभिन्न जिज्ञासाहरु राखेका थिए ।
महासचिव विप्लवले विद्यार्थीहरुको जिज्ञासाहरुको उत्तर दिदै समाजवादका लागि युवा विद्यार्थीहरु तयार हुनु पर्ने बताउनु भएको थियो ।
युवा संगठन नेपालका कर्णाली प्रदेश संयोजक मिनेश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अखिल (समाजवादी) का नेता प्रकास सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस