रास्कोट नगरपालिका द्धारा सहमति कार्यान्वयनमा आलटाल

भाद्र १, कालिकोट । रास्कोट नगरपालिकाले आफैले गरेको सहमति कार्यान्वयमा आलटाल गरेको छ । वैसाख ३० गतेको स्थानीय तहको निर्वाचन पछि विजयी प्रमुख तथा उप-प्रमुखको विजयी भोजमा दमाह वजाउन गएका वडा नम्वर ८ का प्रेम दर्जिको गत जेठ ७ गते रहस्यमय वडा नम्वर ८ कै पानीगौडामा शव भेटिएको थियो ।

उनलाई विजय भोजमा अत्यधिक मात्रमा रक्सी सेवन गराएर रहस्यमय हत्या गराइएको हुन सक्ने परिवारको दावी छ । पीडित परिवारले घटनाको सवै जिम्मा विजयी भोजको आयोजना गर्नेहरुले लिनु पर्ने भन्दै आन्दोलन गरेका थिए । त्यसपछि विजयी नगर प्रमुख र उप-प्रमुख लगायतका जनप्रतिनिधिहरु,पत्रकार र पीडित परिवार वीच छलफल हुदा तत्काल पीडित परिवारलाई एक लाख पच्चिस हजार नगद दिने, २ वटा वच्चालाई काठमाडौमा निशुल्क पढनपाठनको व्यवस्था गर्ने, मृतकको श्रीमतिलाई साउन १ गते वाट वडा नम्वर ८को वडा कार्यलयमा कार्यालय सहयोगी राख्ने र जनता आवास कार्यक्रमवाट घर वनाई दिने सहमति भएको थियो ।

यस्तै घटना वारे तत्काल किटानी जाहेरी नदिने र अनुसन्धानको जाहेरी दिने पनि सहमति भएको थियो । यो सहमतिलाई जुनसुकै तरिकाले पनि कार्यान्वय गर्ने नगर प्रमुख धर्मराज शाही र उप-प्रमुख मनिराज वरालले सामुहिक प्रतिवद्धता जाहेर पनि गर्नु भएको थियो । सहमति अनुसार साउन १ गतेवाट कार्यालय सहयोगी पीडितको श्रीमतिलाई राखिसक्नु पर्ने भएपनि एक महिना वित्ति सक्दा समेत सहमति कार्यान्वय भएको छैन ।

नगर प्रमुख शाहीले भने सहमति कार्यान्वयमा केही ढिला भएको स्वीकार गर्नु भएको छ भने तर कहिले सम्म कार्यान्वय गर्ने भन्ने वारे कुनै वताउनु भएको छैन । नगरपालिकाले सहमति अनुसार जनता आवास कार्यक्रम वाट घर वनाई दिने प्रक्रिया भने अगाडि वढाएको छ । यस्तै एक लाख पच्चिस हजार दिने सहमति गरिए पनि क्रिया खर्च स्वरुप २५ हजार नगद मात्र भुक्तानी गरिएको पीडित परिवारले जनाएको छ ।

एक लाख विमा वाट भुक्तानी गर्ने भनिएकाले भुक्तानीको प्रक्रियामा रहेको वडा नम्वर ८ का वडा अध्यक्ष मनिराज बराल “स्टार” ले जानकारी दिनु भयो । वडा नम्वर ८ का वडा अध्यक्ष स्टारले भने कार्यालय सहयोगी राख्ने वारे कार्यापालिकाको वैठकले पुराना सहयोगीहरुलाई तीन महिनाको समयाअवधि थप गरिएकाले नयाँ राख्नेमा कुनै निर्णय नभएको जानकारी दिनु भयो । उहाँले सहमति अनुसार नयाँ कार्यालय सहयोगी किन थप नभएको हो ? भन्ने प्रश्नको जवाफमा यो वारे आफूलाई कुनै जानकारी नभएको वताउनु भयो ।

मृतक दर्जिका दाजु लाल दर्जीले आफ्नो भाईको रहस्यमय तरिकाले मारिएको आसंका गर्दै घटना पछि पनि पोष्टमार्टम नगरिएको लासलाई पोष्टमार्टम गरिएको भनेर चिहानघाट पठाईको अवस्थामा पनि नगरपालिकामा भएको सहमति अनुसार आफू चलेको वताउनु भयो । उहाँले यदि सहमति कार्यान्वय नगरिए वडा कार्यालय र नगरपालिकाको गेटमा ताला लगाउने र घटनामा आसंकित सवै व्यक्तिको नाममा किटानी जाहेरी दिने चेतावनी दिनु भयो ।

उहाँले नगरका प्रमुख उप-प्रमुखको आग्रहमा आफूहरुले किटानी जाहेरी नदिएको पनि स्वीकार गर्नु भयो । उता पीडित परिवारले घटना वारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा अनुन्धानको जाहेरी समेत दिएको छ । तर प्रहरीले भने अनुसन्धानमा ढिलाई गरेको पीडित परिवारको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस