जनकल्याण आधारभुत बिद्यालयमा बिद्यार्थी अभाव, चार जना शिक्षक ११ जना बिद्यार्थी

भदाै ३१, कालिकाेट । कालीकोट जिल्लाका कुनै बिद्यालयमा शिक्षक दरवन्दीको चरम अभाव छ । तर कुनै बिद्यालयमा शिक्षक भएपनि बिद्याथी छैनन् । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं २ मा रहेको जनकल्याण आधारभुत बिद्यालय साँका कक्षा ३ सम्म सञ्चालन छ । २०६२ सालमा स्थापना भएको बिद्यालयमा ३ जना शिक्षक र एक जना सहयोगी गरी ४ जना कर्मचारी रहेका छन । चार जना कर्मचारीले जम्मा ११ जना बिद्यार्थीलाई पढाउदै आएको पाईएको छ ।

 

राजनितिक दलको होडवाजीमा खोलिने बिद्यालयको सुचिमा शाँका वालविकास केन्द्र परेको सहजै अनुमान गर्न सकिन्छ । सुरुमा वालबिकास केन्द्रका रुपमा अनुमति ल्याएर एक जनालाई रोजगारी प्रदान गरिएको जनकल्याण हाल आएर कक्षा ३ सम्म सञ्चालन गर्न पुगेको छ । तर कक्षा ३ मा जम्मा बिद्यार्थी सख्या पनि ३ जना छन् ।

२०६२ सालमा अनुमति पाएको बिद्यालयका लागि १ जना सका र कार्यलय सहयोगी राखेर बिद्यालय सञ्चालनमा ल्याएको बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष दिर्घराज शाहीले वताउनुभयो् । कक्षा ३ सम्म बिद्यालयले अनुमति पाएको छ । तर बिद्याथी संख्या भने वालविकास केन्द्र देखि कक्षा ३ सम्म जम्मा ११ जना छन् ।

गाउँपालिका भित्रका केही बिद्यालयमा बिद्यार्थी संख्या उच्च छ । जहाँ बिद्यार्थी संख्या उच्च रहेको छ, त्यहाँ शिक्षकको अभावछ । गाउँपालिकाले बिद्यार्थीको अनुपात हेरेर बिद्यालय मर्च गर्नुपर्ने अध्यक्ष शाहीको भनाई छ । हिजोका दिनमा प्रतिस्पर्धामा बिद्यालय सञ्चालनको अनुमति ल्याए पनि अव ब्यवस्थापन गर्न गाउँपालिकाले बिद्यार्थी सँख्या र शिक्षकको दरवन्दीमा मिलान गर्न जरुरी छ ।

जनकल्याण आधारभुत बिद्यालयलाई आउने शैक्षिक सत्रमा अर्को बिद्यालयमा मर्च अर्थात समायोजन गर्ने वडा नं २ का अध्यक्ष मनवहादुर शाहीले वताउनुभयो् । उहाँले कालिका माविमा शिक्षक छैनन् । जनकल्याणका बिद्यार्थीको कोटा अभाव भएका ठाउमा समायोजन गरेर कर्मचारीलाई रिक्त ठाउमा पठाउनुको बिकल्प नभएको वताउनुभयो् ।

बिद्यालय सार्नमा फेरी सामाजिक अवरोध छ । त्यही अवरोधका कारणले कुनै पनि काम गर्न नसकिएको अध्यक्ष शाहीको भनाई छ । अव त्यहा रहेका शिक्षक कर्मचारीको रोजगारी थमाउने गरी काम गरे बिद्यालय मर्च अर्थात समायोजन गर्न सकिने वाटो गाउँपालिकाले रोजेको छ ।

प्रतिक्रिया दिनुहोस