भ्रष्टाचारको काण्डमा सरकार आफैः नेता भुषाल

भदौ ३१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले ठूलो रकमको भ्रष्टाचारमा सरकारको संलग्नतारहेको आरोप लगाउनु भएको छ ।

उहाँले सरकारको संलग्नताविना ठूलो भ्रष्टाचार सम्भव नहुने बताउनु भएको छ । बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा आईतबार काठमाडौंमा भएको गान्धी अध्ययन शान्ति केन्द्रको कार्यक्रममा बोल्दै नेता भुषाालले यस्तो गम्भिर कुरा उठाउनु भएको हो ।

उहाँले ५० करोड रुपैयाँभन्दा बढीको घोटाला सरकारको स्वीकृतिमै हुने गरेको दाबी गर्नु भयो । भ्रष्टाचारका ठूला काण्डहरुमा सरकार र प्रतिपक्षीले कुनै प्रश्न नगर्ने उहाँको आरोप थियो ।

नेता भुषालले सरकारमा रहेकाहरुले आफ्नो अहंकार प्रदर्शन गर्दै संविधानप्रतिको दायित्व पूरा नगर्ने हो भने लोकतन्त्र खतरामा पर्ने पनि बताउनु भयो । भूसालले राजनीतिक दलहरुको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा बढेको बताउनु भयो ।

नेता भूसालले प्रजातन्त्र जोगाउन नेपाली कांग्रेस र नेकपा बीच सहकार्य आवश्यक रहेको बताउनु भयो । नेता भूसालले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्र नेपालको समृद्धि हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस