वालविवाह रोक्न अबिभावकै सक्रियता जरुरी

भदौ ३१, कालीकोट । समाजमा हुने वालविवाह रोक्न अबिभावककै सक्रियता वढि हुनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन ।

अबिभावकले आफ्नो वालवालिकालाई सुजाउन सकेको खण्डमा वालविवाह रोकिने कालीकोटका सरोकारवालाहरुले वताएका छन । सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नाराका साथ ३० औँ राष्ट्यि वालदिवसका अवसरमा आयोजित गुणस्तरिय शिक्षा र वाल विवाह न्युनिकरण बिषयक वालकचहरीमा वोल्ने सबै बक्ताहरुले वालविवाह न्युनिकरणका लागि अबिभावक संगै कानुनी शिक्षा दिनु पर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा वोल्दै संबिधान सभा सदस्य तुलाराज बिष्टले संबिधानमै आधारभुत तहको शिक्षा निशुल्क हुने भनेकाले कानुन अपुरो नभएको वरु कार्यन्वयन गर्ने निकाय कम्जोर हुदा र गरिव मुलुक भएकाले समस्या भएको वताउनुभयो् । उहाँले नेपालको संबिधान २०७२ को मौलिक हकमै वालअधिकार शुनिश्चीत गरिएकाले कानुनी अभाव भन्न नमिल्ने वताउनुभयो् ।

खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले वालविवाहको अन्ते, गुणस्तरिय शिक्षा प्राप्तीका साथै निशुल्क आधारभुत शिक्षा हासिल गर्न पाउनु वालवालिकाको अधिकार भएकाले आफ्नो नगरपालिकाले त्यसको कार्यन्वयन गदै जाने वताउनुभयो् ।

प्रमुख पाण्डेले पहिलाको तुलनामा सुधार हुदै गएको भन्दै वालविवाह गर्ने र गराउने ब्यक्तिको वारेमा सुचना दिन अनुरोध गदै सुचना पाएमा कानुन अनुसार कार्वाहीका लागि स्थानीय सरकार पछि नपर्ने वताउनुभयो् । कति वर्ष पुगे बिवाह गर्न पाइन्छ भन्ने कुराको जानकारी दिनु पनि आफ्नो कर्तब्य भएकाले गाउँमा कानुनी शिक्षाका कार्यक्रम पनि सञ्चालन गरिने नगरप्रमुख पाण्डको भनाई थियो् ।

कार्यक्रममा सहभागी वालवालिकाले बिद्यालय जादा हिलाम्मेवाटोमा हिड्नु परेको, बिद्यालयका भौतिक संरचना जिर्ण वन्दै गएका, सदरमुकाममै वालश्रम वढेको भन्दै त्यस तर्फ ध्यान दिन अनुरोध गरेका थिए ।

जनजिवन माविमा अध्यरत प्रकाश वरालले आधारभुत शिक्षा पनि निशुल्क नपाएको गुनासो गर्नुभयो् । छात्रा कृष्णा बमले बिकासका नाममा बिद्यालय जाने वाटो बिगारेको, बिद्यालयमा सौचालय सम्म नभएकाले समस्या भएको गुनासो राखेका थिए । नगरउपप्रमुख बिजय बिष्टले वालविवाहकै कारणले घरेलु हिन्सा वढेकाले वालविवाहले पछि सम्म पर्ने असरका वारेमा नागरिक सचेतीकरणका कार्यक्रम अनिवार्य भएको बताउनुभयो् ।

उहाँले सानो उमेरमा हुने बिवाह नै पछि सम्वन्ध बिच्छदको कारण वन्दै आएकाले वालविवाह रोक्नु नै उपयुक्त हुने वताउनुभयो् ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ मा भएको ब्यवस्थाका वारेमा अबिभावकलाई जानकारी गराउन सके मात्र वालविवाह रोक्न सकिने वताउनुभयो् । उहाँले वालविवाह गर्दा हुने सबै खाले नकारात्मक असरका वारेमा जानकारी गराउन सक्नु नै उपलब्धी हुने वताउनुभयो् ।

प्रहरी प्रमुख श्यामवावु ओलियाले प्रहरी युनिट मार्फत कानुनमा भएका ब्यवस्थाका वारेमा कानुनी शिक्षा सञ्चालन गरिने वताउनुभयो ।

खाँडाचक्र नगरपालिकाको आयोजना, शिक्षा बिकास तथा समन्वय इकाई, सेभ द चिल्ड्ेन, बिर्डाक नेपाल, महादेव आधारभुत बिद्यालय वालमन्दीरको समन्वयमा आयोजित वालकचहरीको रेडियो नयाँ कर्णालीले सहजिकरण गरेको थियो् भने जिल्लामा रहेका पाँच वटा सामुदायिक रेडियोले वाल दिवसका अवसरमा आयोजित कार्यक्रम नागरिक समक्ष पुगाउन प्रत्यक्ष प्रशारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस