कर्णालीमा ११४जना कोरोनाका नयाँ संक्रमित थपिए


१ असोज सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ११४ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये सुर्खेतमा मात्रै थप ६४ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४५ जना वीरेन्द्नगर नगरपालिकाका हुन् । यस्तै दैलेखका १८ जना, जाजरकोटका ६ जना र कालीकोटका चारजना, डोल्पा, कैलाली र बाँकेका तीन तीनजना, बर्दिया, कञ्चनपुर र अछामका दुईरदुई जना, सल्यान, हुम्ला, जुम्ला, रुकुम पश्चिम, पाल्पा, रोल्पा र सर्लाहीका एक एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३०२४ पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहिबार प्रदेशमा थप २८ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५३३ पुगेको छ ।
बिहीबारसम्मा प्रदेशभर ३८९ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाउनु भएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस