नेकपाका महासचिव विप्लवद्वारा बर्दिया र कैलालीमा धानखेतिको अवलोकन

३० असोज,बर्दिया । नेपाल कम्युनष्टि पार्टीका महासचिव विप्लव सीले बर्दिया र कैलालीमा नेकपाले लगाएको धानखेतिको मंगलवार अवलोकन गर्नु भएको छ ।

नेकपा बर्दियाले जिल्लाको जुरैना र नेकपा सेति व्यूरोले कैलालीको घोडाघोडी स्थित रसिपुरमा लगाएको धानखेतिको अवलोकन गर्नु भएको हो ।
बर्दियाको बाँसगढी नगरपालिकाको बडा नम्वर ८ जुरैनामा जिल्ला पार्टीको तर्फबाट डेढ विगाह जग्गामा धानखेति गरिएको छ । सो धानखेतिलाई महासचिव विप्लवले अवलोकन गर्नु भएको हो ।

जिल्ला इन्चार्ज हिमशिखरका अनुसार महासचिव विप्लवले आज दिउसो साढे ३ बजेतिर धानखेतिको अवलोकन गर्नु भएको थियो ।

धानखेतिको अवलोकन गर्नु अघि नेकपा बर्दियाले जिल्लाको ककौरामा महासचिव विप्लवलाई भब्य स्वागत समेत गरेको छ ।

महासचिव विप्लवले जिल्लाको राजापुरमा पार्टी केन्द्रको उत्पादन टिमले लगाएको १२ विगाह जमिनको धानखेतिको पनि केही दिन अघि अवलोकन गर्नु भएको थियो ।

यस्तै महासचिव विप्लव सीले आज विहान कैलालीको घोडाघोडीस्थित जनकम्युनको अवलोकन गर्नु भएको छ । महासचिव विप्लव सीले कैलालीको घोडाघोडी स्थित रसिपुर ९ मा रहेको जनकम्युनको अवलोकन गर्नु भएको हो ।

सो अवसरमा महासचिव विप्लव सीले नेपाल कम्युनिस्ट पार्टी सेती ब्यूरोले लगाएको ४ बिघा धान खेतीको अवलोकन पनि गर्नु भएको थियो ।
जनकम्युन अवलोकन गर्न पुग्नु भएका महासचिव विप्लव सीलाई स्थानीय सी युवा क्लवले स्वागत गरेको छ ।

सी युवा क्लवका अध्यक्ष अशान्त चौधरी लगायतका युवाले महासचिव विप्लव सी लाई भब्य स्वागत गर्नु भएको हो । महासचिव विप्लव केही दिन अघि देखि पश्चिम नेपालको यात्रामा हुनुहुन्थ्यो ।

उहाँ असोज २८ गते बझाङका भुकम्प पीडितलाई राहत हस्तान्तरण गर्न बझाङ पुग्नु भएको थियो ।

त्यसलगत्तै महासचिव विप्लवले असोज २९ गते समाजवादी मोर्चाको धनगढीको सन्देश सभालाई सम्वोधन गर्नु भएको थियो ।

कैलालीबाट केन्द्रीय कार्यालय कपिलवस्तु फर्किने क्रममा महासचिव विप्लवले नेकपाले कैलाली र बर्दिया जिल्लामा लगायएको धानखेतिको अवलोकन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस