राष्ट्रघाती एमसीसी र देशभक्तहरुको दायित्व

विषय प्रवेश

अमेरिकी सामाज्यवादले जबर्जस्त नेपालमा राष्ट्रघाती एमसीसी थोपरेको छ । नेपाली मुलका अमेरिकी दलाल र राष्ट्रघाती तत्वहरुले यसलाई नेपालमा भित्र्याउन केही समय सफल भएका छन । नेपालका अमेरिकी मुकुण्डोधारी सांसदहरुले सडकमा नेपाली जनताको चर्को विरोध हुदा–हुदै २०७८ साल फागुन १५ गते संसदबाट जबर्जस्त एमसीसी पास गरे । यो नेपाली इतिहाँसमा सबै भन्दा पहिलो नेपालका लागि कालो दिनु थियो । यसले नेपालको स्वाधीनता अमेरिकीहरुको हातमा शैद्धान्तिक रुपमा बुझाएको दिन थियो । नेपाली दलालहरुले सडकमा चर्को विरोध हुदा–हुदै पनि एमसीसीको राष्ट्रघाती कामलाई निरन्तर अगाडि बढाए । जनताको कुरा सुनेनन् । यसको निरन्तरता स्वरुप नेपाली दलालहरुले कार्यान्वयनमा लैजान खोजे । अमेरिकी दलालहरुले आफ्नो क्यामरुन भन्ने मालिकलाई बोलाएर २०८० साल भाद्र १३ गते कार्यान्वयन पत्रमा हस्ताक्षर गरे । यो नेपालका लागि दोस्रो कालो दिन थियो । नेपाली स्वाधीनता माथिको ठाडो हस्तक्षेप थियो । आफ्नै आमा माथिको बज्रप्रहार थियो । उनीहरुले यस्तो राष्ट्रघात गर्दा नेपाली जनताले सडकबाट एमसीसीलाई अस्वीकार गरेका छन । विरोध प्रदर्शनमा पुलिसका गोली,लाठ्ठी,बुट खाएका छन । सडकमा रगत बगेको छ । तरपनि दलालहरुले जनताको कुनै पनि कुरा नसुनेर अमेरिकी डलरको लोभमा एमसीसी पास गरे । नेपाली जनतालाई नाटकको रुपमा १२ बुँदे व्याख्यात्मक टिप्पणीको भ्रमदिएर आगाडि बढे । फेरी दोस्रो पटक कार्यान्वयनपत्रमा हस्ताक्षर समेत गरे । यसले नेपालमा गम्भीर राष्ट्रघात भएको छ । नेपाल नयाँ मोडमा उभिएको छ । यो परिस्थितिलाई सबै नेपाली देशभक्तहरुले गम्भीर रुपमा लिनुपर्ने बेला आएको छ । अब सच्चा देशभक्त नेपालीहरुको कर्तव्य के हुन सक्छ ? क्रान्तिकारी कम्युनिष्टहरुको भूमिका के हुन सक्छ ? यो देशका शिक्षक कर्मचारीहरु,सुरक्षाकर्मीहरु,पत्रकार,राजनीतिक दल तथा आम नागरिकको भूमिका र दायित्व के हुनुपर्छ ? भन्ने विषयमा संक्षिप्तमा केही लेख्ने प्रयत्न गरेको छु ।

राष्ट्रघाती एमसीसी बारे

एमसीसी भनेको अमेरिकी साम्राज्यवादको इन्डोप्यासिफिक रणनीति (आइपीएस) को अंग हो । यसले गरीब देश माथि आर्थिक सहयोग र लगानीको बाहनामा सैन्य क्याम्प राख्ने र त्यो देशको सामरिक सम्पत्ति लुट्ने लक्ष्य राखेको हुन्छ । विश्वमा आफ्नो एकछत्र साम्राज्य कायम गर्नु यसको अर्को लक्ष्य हो । आईपीएस मार्फत विश्वमा उद्यमान शक्ति राष्ट्रहरु रुस र चीनलाई रोक्नु यसको अर्को लक्ष्य हो । गरीब राष्ट्रमाथि सेना उतार्नु ,हिंसा मच्चाएर भएपनि कव्जा गर्नु साम्राज्यवाद र एमसीसीको चरित्र हो । चाहे त्यो युक्रेन,इराक,सिरिया,अफगानस्तान लगातका थुप्रै राष्ट्रहरु माथिको अमेरिकी व्यवहार प्रष्टै छ । विशेषः गरी सोभियत संघको विघटन र वार्सा गठवन्धनको विघठन पछि अमेरिकी साम्राज्यवाद हावी हुदै विश्वमा दादागिरी देखाउदै आयो । यसले विश्वलाई कव्जामा लिन आईपीएस रणनीतिमा अगाडि बढेको कसैबाट छिपाउन सकिदैन । विश्वका करिव ४९ देशमा एमसीसी मार्पmत साम्राज्यवाद घुसेको छ । ती देशहरुमा वेहाल अवस्था छ । विकासको नारा र केही डलर देखाएर जनतालाई भ्रमित बनाएर साम्राज्यवाद देश नै कव्जा गर्ने योजनामा जान चाहान्छ । जसले गर्दा श्रीलंका लगायतका केही देशहरुले एमसीसी कार्यक्रम फिर्ता समेत गरेको अवस्था छ । यो एमसीसी भनेको विकास देखाएर विनास गर्ने परियोजना हो । एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो ।

नेपालमा भने विसं २०७४ सालको भदौ २९ गते वाशिङ्गटनमा पुगेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेर यसलाई औपचारिक रुपमा भित्र्याएका थिए । सम्झौता नेपालको संविधान भन्दा पनि माथि राखेर गरिएको छ । सम्झौताको धारा ७ मा “प्रस्तुत सम्झौता लागु भएपश्चात् प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानुन बाँझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ भन्ने शव्द नै लेखिएको छ । २०७८ फागुन १५ गते संसदबाट एमसीसी पास भएको थियो । त्यससंगै १२ बँुदे व्याख्यात्मक टिप्पणी समेत संसदले पास गर्यो । २०८० साल भाद्र १३ गते यसको कार्यान्वयन सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । यो दुखत कुरा हो । खासमा नेपाललाई ५० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने कुरा एमसीसीले भनेको छ । यसमा देश बेचेर अकुत पैसा कमाउन दलालहरु लागे । विभिन्न देशहरुलाई आर्थिक वृद्धिमा सहयोग गर्दै गरीबी घटाउने अमेरिकी बाहनामा नेपालका दलालहरुले सहयोग गरे ।

मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट विद्युत र सडक विस्तारमा लगानी गर्ने भनिएको छ । ३१२ किमी उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, ३ सबस्टेसन र नेपाल–भारत सीमापार प्रसारण लाइन अनि ९९ किमी सडक स्तरोन्नति गर्ने भनिएको छ । काठमाडौें लप्सीफेदीबाट नुवाकोटको रातमाटे, दमौली हुँदै नवलपरासी र सुनवलसम्म ३१२ किमि प्रसारण लाइन निर्माणको कुरा देखाईएको छ । रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेसन निर्माण गरिने भनिएको छ । सडकतर्फ भालुवाङ (दाङ)–लमही (दाङ) २७ किमी, चन्द्रौटा (कपिलवस्तु)–भालुवाङ ३५ किमी र लमहीबाट शिवखोला (दाङ) ३७ किमी सडक स्तरोन्नति गरिने भनिएको छ । यसका लागि सयौ रोपनी जमिन एमसीसीले कव्जा गरेको छ । यो जमिनमा आफ्नो सैन्य अखडा बनाउने र चीनलाई घेर्ने रणनीतिमा अमेरिका छ भन्ने कुरा प्रष्ट छ । अमेरिकाले एमसीसी परियोजना भन्दा बाहिरबाट नेपाललाई सहयोग गर्न नमान्नुको पछि पनि साम्राज्यवादीहरुको चरित्र गलत नियत छ भन्ने झल्किन्छ । जति ठाउँमा पाईला टेक्ने छ । त्यहाँ उसले सबै चिज कव्जा गर्ने छ । नेपालको युरेनियम देखि विभिन्न खानी समेत कव्जा गर्ने र सेना राख्ने साम्राज्यवादको तयारी छ । त्यसम टिकेर चीन विरुद्ध जाने छ ।

देशभक्तहरुको दायित्व बारे

अमेरिकाद्धारा नेपालमा एमसीसी जबर्जस्त लादियो । यसले नयाँ तरंग ल्याउने नै भयो । देश यतिवेला धुव्रीकरणमा केन्द्रीत हुदैछ । एकातिर एमसीसीका पक्षधर दलालहरु र अर्कोतिर एमसीसीका विरोधी देशभक्त क्रान्तिकारी शक्तिहरु उभिएका छन । यदि एक थोपा रगत छ भने आफ्नै आमाको छाती माथि बुट बजार्ने कि रक्षा गर्ने ? भन्ने प्रश्न गम्भीर छ । विभिन्न क्षेत्रमा छरिएर रहेका देशभक्तहरुले अब कसरी अगाडि बढ्ने ? नेपालबाट कसरी एमसीसी खारेज गर्न सकिन्छ ? भन्ने बारे केही बुँदागत विषयमा यहाँ चर्चा गर्न चाहान्छु ।

(क) राजनैतिक पार्टीको भूमिकाः नेपालमा भएका प्रायः सबै राजनैतिक पार्टीले देश र जनताको पक्षमा सेवा गर्ने प्रतिवद्धता जनाउने गर्छन । उनले आफ्नो राजनैतिक दस्तावेजमा पनि त्यही भन्छन । तर भन्ने एक, गर्ने अर्को नेपाली राजनीतिको विशेषता बनेको छ । पछिल्लो समय एमसीसीको विवादले देश धुव्रीकृत छ । अमेरिकी साम्राज्यवादको दबाब र हस्तक्षेपको गुलाम हुने धेरै पार्टी र नेताहरु छन । यो कुरा नेपालको राष्ट्रिय स्वाधीनताको लागि निकै दुर्बलपक्ष हो । आफ्नो देशप्रति माया नहुने राजनैतिक पार्टी साँच्चीकै नेपालका पार्टी र नेता मान्न सकिदैन । जसले अमेरिकाको सास नै लिएर बाँच्न चाहान्छन,उनीहरु कसरी नेपालका पार्टी र नेता भन्न मिल्छ ? अमेरिकाको ग्रिनकार्ड लिने नेताहरु कसरी नेपाली मान्न सकिन्छ होला ? आज यस्तै तमाम समस्याहरु नेपालका पार्टी तथा नेताहरुमा छन । विशेषगरीः संसदवादी पार्टीका नेताहरु प्रचण्ड,माधवकुमार नेपाल,शेरवहादुर देउवा,केपी ओली, उपेन्द्र यादव, रवी लामिछाने लगायतका नेताहरुले एमसीसीको सास विना बाँच्न नसक्ने अवस्था छ । उनीहरु लाहाचार भएर पनि एमसीसी पारितमा ताली बजाएका छन । अरु सांसदहरु पनि संसदमा भेडा भएर कोही डलरमा त कोही भ्रममा ताली बजाएका छन । यो ताली होईन, नेपाल आमाको छातीमा बन्दुक र बुट बजारिएको हो । आफ्नो आमालाई अमेरिकी साम्राज्यवादले दिउसै बलात्कार गर्दा हाँस्ने र गर्भ गर्ने कथित नामद्र दलालहरु यो देशमा ज्यूदा छैनन् भन्ने उदाहरण हो ।

यी दलालहरुले एमसीसीलाई विकास भनेर कराई रहे र कराई रहेका छन । नेकपा सहित सड्कमा एमसीसी विरुद्ध आन्दोलन गर्ने जनतालाई विकास विरोधीको संज्ञा दिईरहे । एमसीसीको विकास सक्कली रुपको विकास नभई युद्ध र विनास बोकेको तथ्य प्रष्ट हुदै जाने निश्चय छ ।
एमसीसी विरुद्ध नेपाल कम्युनिष्ट पार्टी, नेकपा ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगातका देशभक्त संघ संगठनहरु निरन्तर आन्दोलनमा छन । यसलाई राष्ट्रघाती जनघाती भनिरहेका छन । राजनैतिक पार्टीमा एकमत हुन सकेको छैन । एमसीसी खुल्ला रुपमा गलत हो भन्ने हिक्मत संसदवादी पार्टीमा छैन । अमेरिकाको अगाडि तिघ्रा कमाउदै भिखमाग्दै व्यक्तिगत नाफामा डलरका लागि ठिक छ भनिरहेका छन भने जनताको अगाडि हामी राष्ट्रवादी हौ पनि भन्न छोडेका छैनन् । यो कुराले नेपालको राजनैतिक समस्या समाधान हुन सक्दैन । समाजवादी मोर्चामा रहेका दल भित्र पनि मतभेद छ । सरकारमा रहेका दलहरु एमसीसीको समर्थन गरिरहेका छन भने नेकपाले चर्को विरोध गरिरहेको छ । तर पनि उनीहरुलाई बचाउने कोशिस नेकपाले अन्तीम सम्म गर्ने देखिन्छ । विमतिका बीच पनि समाजवादी मोर्चाको नेपाली विशेषताको समाजवादमा जाने कार्यक्रम निरन्तरता दिन खोजिएको देखिन्छ । यो दिगो होला भन्न गार्हो नै छ । किनकी संसदवादीहरु रुपान्तरण नभए सम्म भेडा र बाघ एकै ठाउँ बस्न गार्हो नै हुन्छ । सबै राजनैतिक पार्टीहरुले पार्टीगत र व्यक्तिगत स्वार्थ त्यागेर देश र जनता अगाडि राख्न आवश्यक छ । त्यो स्तरमा नेपालका राजनैतिक पार्टी र नेता उठ्नु पर्छ । नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा एकमतले उभिन सक्नुपर्छ । एमसीसी जस्ता देशघाती सम्झौताको विरुद्ध बोल्न सक्नुपर्छ । देशको माटो सम्झिन सक्नुपर्छ । विकासको नाम दिएर आएको अमेरिकी सैन्य योजना एमसीसीलाई नेपालबाट खारेज गर्ने अभियान चलाउनु पर्छ । नत्र भोलि नेपालीहरु सिक्कीमको नागरिक जस्तै पश्चाताप गर्नु बाहेक अरु केही हुनेछैन । यो कुरालाई राजनैतिक पार्टी र नेताहरुले गहिरो रुपमा ग्रहण गर्दै नेपाल र नेपाली आमाको रक्षा गर्ने दायित्ववोध गर्न अनिवार्य छ । रुपान्तरण हुन आवश्यक छ । अन्यथा, इतिहासले भोलि कसैलाई माफि दिनेछैन ।

(ख) शिक्षक,बुद्धिजीवी र कर्मचारीको भूमिका ः हामी यो देशका शिक्षक,बुद्धिजीवी र कर्मचारी हौं । हाम्रो जिम्मेवादी देश बचाउनु र जनताको सेवा गर्नु हो । हामीले देशप्रति गर्भ गर्ने हो र माया गर्ने हो । आज विदेशीको ठाडो अतिक्रमण र हस्तक्षेप हुदा यो देशका शिक्षक बुद्धिजीवी र कर्मचारीहरु रमिते बनेर कतै हेरिरहेका त छैनौ ? कतै हामी पनि अमेरिकी साम्राज्यवादको ग्रिनकार्ड र डलरले एमसीसी विरुद्ध बोल्न बुझो हालीरहेको त छैन ? यो कुरा गम्भीर रुपमा आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ । यदि हामी यो देशका सच्चा शिक्षक,बुद्धिजीवी र कर्मचारी हुन सकेनौ भने त्यो नेपालको शिक्षक,बुद्धिजीवी र कर्मचारी हुन सक्दैन । एउटा शिक्षकले विद्यालयमा पढाउदा एमसीसी भनेको राष्ट्रघाती सम्झौता हो भन्न सक्नु पर्छ । एउटा बुद्धिजीवीले अमेरिकाको डलर खाएर एमसीसीको पक्षपोषण गर्ने होइन कि बरु सत्य कुरा जनताको बीचमा बोल्ने आँट गर्नु पर्छ । नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्नेतले एमसीसी कार्यान्वयनका विरुद्धको विरोध प्रदर्शनमा २०८० भाद्र १३ गते भनेका थिए “कालोलाई कालो भन्न नसक्ने,सेतोलाई सेतो भन्न नसक्ने कोही छ भने त्यो मरे हुन्छ ! मरे हुन्छ ! मरे हुन्छ !” यो उनको भनाई भित्र गहिरो भाब छ । उनले हरेक सच्चा नेपालीहरुले एमसीसीको गलत कुरा थाहा पाउदा– पाउदै डलर खाएर लुकाउन खोज्नेहरुलाई खुल्ला चुनौती दिएका हुन ।

समाजमा भएका सबै मान्छै एउटै हुदैनन् । कोही सच्चा इमान्दार हुन्छन । कोही चोर र ठगहरु हुन्छन । कोही देशप्रेमि हुन्छ त कोही देशघाती हुन्छन । आज केही राष्ट्रघाती र देशघाती तत्वहरु एमसीसीको खुलेर समर्थन गरिरहेका छन । यसलाई इङ्गित गर्दै नेकपा महासचिव विप्लवले २०८० साल भाद्र १३ गते एमसीसी कार्यान्वय विरुद्धको एक विरोध सभामा वोल्दै भने “यहाँ कोही ज्यूदा मान्छे छन भने हामी छौ । एमसीसीको विरोध गर्नेहरु छौ । संसारमा ८ अर्व जनसंख्या छ । सबै ज्यूदा हुदैनन् । नेपालमा ३ करोड जनसंख्या छ । सबै ज्यूदा हुदैनन् । ज्यूदा मान्छे र सच्चा तथा सर्जन मान्छे थोरै हुन्छन । उसले परिवर्तनको नेतृत्व गर्छ । आगोको झिल्को सानो हुन्छ, संसार जलाउन सक्छ । भौतिक शरिर बाँचेर पनि मरे सरह हुनु सत्य कुरा बोल्न नसक्नु ज्यूदा लास हुन । तीनको कुनै इतिहास र मुल्य मान्यता हुदैन ।” विप्लवले यसो भनिरहदा नेपालका ज्यूदा शिक्षक बुद्धिजीवी र कर्मचारीहरुले सोच्नुपर्ने बेला आएको छ । हाम्रो देशका शिक्षक साँच्चीकै शिक्षक बन्नुपर्छ । हाम्रो देशको बुद्धिजीवी साँच्चीकै बुद्धिजीवी बन्नुपर्छ । हाम्रो देशको कर्मचारी साँच्चीकै कर्मचारी बन्नु पर्छ । एमसीसी जस्तो जनघाती र राष्ट्रघाती सम्झौताका विरुद्ध बोल्नुपर्छ । सडकमा उभिने हिक्मत र आँट गर्नु पर्छ ।

(ग) सुरक्षाकर्मी (सेना र प्रहरी)को भूमिका ः यो देश तपाईको पनि हो । हाम्रो पनि हो । सारा सारा नेपालीको हो । नेपाल देश भनेको सवै नेपालीहरुको आमा हो । आज आमा माथि अत्याचार हुदा किन छोराहरु बोल्न सक्दैनौ ? किन छोराहरुको हातको बन्दुक निस्काम हुन्छ ? किन साम्राज्यवादको अगाडि हतियार झुक्न थाल्छ ? किन देश बेच्ने दलालहरुले भनेको आदेश मात्र पालना भईरहेको हुन्छ ? यी प्रश्नहरु नेपालको सुरक्षा अंगका सेना प्रहरीहरुले बुझनु पर्छ र राम्रो संग बूझाउनु पर्छ । तपाई सुरक्षाकर्मी हो । देश र जनताको सुरक्षा गर्ने दायित्व तपाईहरुको काँधमा अलि बढी छ । तपाईहरुले एकपटक चीनलाई हेर्नुपर्छ ‘चीनमा त्यहाँका शाषक च्याङकाईसेकले जापानी साम्राज्यवादलाई देशमा भित्र्याएर माओले संचालन गरेको देशभक्तिपूर्ण आन्दोलनका विरुद्ध आक्रमण गरिरहेको बेला त्यहाँको सरकारी सेनाले सरकार विरुद्ध नै विद्रोह गरेर देशभक्ति मोर्चामा सहभागी भएका छन ।’ यस्तै रुसमा जर्मनको साम्राज्यवादी आक्रमण प्रतिक्रियावादी शाषक विरुद्ध लड्दा सन १९१७ को अक्टोवर क्रान्तिका बेला अत्याचार सहन नसकि सरकारी सेनाबाटै विद्रोह गरे । परिवर्तनको राष्ट्रिय मुक्ति आन्दोलनमा साथ दिएको उदाहरणहरु छन । विगतमा जनयुद्धको वेलामा पनि थुप्रै सेना प्रहरीहरुले विद्रोह गरेको इतिहास छ । अन्याय अत्याचारले सीमा नाघ्दा देश विदेशीहरुले लुट्दा सुरक्षाकर्मीहरुले गम्भीर भएर सोच्नै पर्छ । पूर्व जर्नेल पे्रमसिंह वस्नेतले भने जस्तै “दुई लाख बन्दुक मरे ! कर्मचारी मरे !” भन्ने गरेका छन । त्यो कुरा साँच्चीकै लागु हुन दिनु हुदैन ।

नेपाली वीर गोर्खालीहरुको इतिहास फरक छ । सन् १८१६ को सुगौली सन्धी हुनु अघि ब्रिटिस साम्राज्यवाद विरुद्ध पनि भोकै प्यासै नेपालीहरु लडेका छन । नेपालीहरुले आफ्नो माटोको लागि । आज पनि अमेरिकी साम्राज्यवाद विरुद्ध लड्न आवश्यक छ । सेना प्रहरीको भात खाने काम मात्र होइन । देश विदेशीले लिन लाग्दा समेत टुलु–टुलु हेरेर बस्ने काम होइन । आज थुप्रै नेपाली सीमाहरु भारतीय साम्राज्यवादले अतिक्रमण गर्दा तपाईहरु बोल्नु हुदैन । लुटिएको कालापानी फिर्ता ल्याउन सक्नु हुदैन । अनि कसरी राष्ट्रवादी भन्ने ? जनताले के भनेर वुझने ? के एमसीसीका साम्राज्यवादी बन्दुक नेपालमा आउदा टुलु–टुलु हेरेर नै बस्ने हो ? होईन भने तपाईको शरिरमा एक थोपा तातो र रातो रगत छ भने निधार खुम्च्याएर सोच्नु होस् । दलालहरुले सबै बेच्दा पनि नबोल्नु नेपाल प्रतिको माया हुन सक्दैन । तपाईहरु जाग्नुहोस । नेपाली दलाल र साम्राज्यवादीका विरुद्ध निर्णायक संघर्षको तयारी गर्नुपर्छ । सेना प्रहरी भित्र पनि कोही डलरवादी हुन सक्छन । दलाल हुन सक्छन । त्यस्तो कुरालाई पनि राष्ट्रवादी सुरक्षाकर्मीहरुले समयमै चिन्नुपर्छ । नेपाल बचाउने अभियानमा लाग्नुपर्छ । तपाईहरुको कर्तव्य र दायित्व यहि हो ।

(घ) युवा, विद्यार्थी र मिडियाकर्मीको भूमिका ः आज नेपालमा जति पनि युवा विद्यार्थीहरु छन । उनीहरु निराश छन । नेपालवाट केही हुदै र नेता पार्टी कोही पनि ठिक छैनन् । क्रान्ति संघर्ष गर्नु व्यकार हो । संघर्ष गर्नु हुदैन । आदि –आदि भनाईले युवा विद्यार्थीहरु निराश तिर छन र उनीहरुलाई योजनावद्ध निराश बनाउन खोजिएको छ । कोही खाडीमा छन । कोही अमेरिका छन । कोही युरोप अष्ट्रेलिया छन । कोही भारतका गल्तीहरुमा छन । गएको वर्ष अहिले सम्मकै सबै भन्दा बढी करिव पौने ८ लाख युवाहरु विदेश गएका छन । नेपालको यो अवस्था छ । यो साम्राज्यवादका दलालहरुले बनाएका हुन । नेपालका ठुला भनिने केही मिडियाहरुले बनाएका हुन । एमसीसीको डलर खाएर नेपालका केही मिडियाहरु खुल्यआम एमसीसीको समर्थनमा प्रचार गरिरहेको अवस्था छ । यो देश र जनता प्रति घात हो । नेपालका युवा विद्यार्थी प्रति घात हो । एमसीसी विरुद्ध निकालिएका जुलुस,भेला धर्ना र गोष्ठीका समाचारहरु कहिलै बन्दैनन् । यो दृश्यले नेपालको मिडिया क्षेत्र पनि दलालीतिर छ भन्ने कुरा प्रष्ट्याएको छ । नेपालका केही मिडिया पनि अमेरिकी मिडिया भए कि भन्ने अवस्था छ । साम्राज्यवादको लगानीमा चलेका छन । यो राष्ट्रका लागि गम्भीर विषय छ ।

आज यही दलालीकरणले नेपालका युवा विद्यर्थाीहरु निराश बनाएको छ । जब यूवा विद्यार्थी निराश हुन्छन,विदेश जान्छन तब नेपालमा एमसीसीका विरुद्ध विरोध र आन्दोलन गर्ने शक्ति कमजोर हुन्छ । त्यतिवेला आफ्नो स्वार्थपूर्ति सजिलै संग गर्न सकिन्छ भन्ने साम्राज्यवादको सपना छ । त्यो सपना मिडियाबाट पुरा गराउन चाहेको छ । साम्राज्यवादको चाहना केही पत्रकार र मिडियाकर्मीहरुले पुरा गरिरहेको छर्लङ्ग छ । साम्राज्यवाद नेपालमा कुनै पनि षड्यन्त्रले हस्तक्षेप गर्न चाहान्छ । यो अवस्थामा नेपालका युवा विद्यार्थी र सच्चा क्रान्तिकारी प्रगतिशील अग्रगामी पत्रकार तथा मिडियाकर्मीहरुले गम्भीर बन्नुपर्छ । विदेशीको आर्थिक प्रलोभनमा होइन, माटोलाई माया गरेर एमसीसीका विरुद्ध समाचार लेख्नुपर्छ । युवा विद्यार्थीहरुले विदेशीहरुको गुलाम बन्न विदेश जाने होईन आफ्नै देशमा केही गर्नु पर्छ । देशको समस्या समाधानमा योगदान पुर्याउनु पर्छ । एमसीसी जस्ता गलत राष्ट्रघातका विरुद्ध संघर्ष गर्ने हो र गर्नुपर्छ । युवा विद्यार्थीहरु हुने होइन भने देश बन्दैन । यो देश युवा विद्यार्थीहरुको काँधमा छ । युवा विद्यार्थीहरु एकताबद्ध बनौं । साम्राज्यवादका विरुद्ध बाघ झै झम्टिनु पर्छ । लुक्ने र भाग्ने होइन आवश्यक परे रगत दिने आँट गर्नु पर्छ । दलाल मिडियाहरुलाई क्रान्तिकारी तथा प्रगतिशील मिडियाहरुले हमला गर्नुपर्छ । यो देशमा नेपालीपनको पत्रकार चाहिन्छ र मिडिया चाहिन्छ । नकि साम्राज्यवादको गोटी होइन । यो देशमा युवा विद्यार्थी,नेता सबै नेपालीपनको हुनुपर्छ ।

(ङ) आम जनताको भूमिका ः एउटा राष्ट्र बन्न कस्तो खाले जनता चाहिन्छ ? आफू बसेको देश बेचिदा सम्म नबोल्ने वा देशको पक्षमा लड्ने ? अवश्य, पनि देश र माटो प्रति बफादार भएको लड्ने जनता चाहिन्छ । त्यस्तो जनता नै राष्ट्रको सच्चा जनता हो र त्यो देशप्रेमि नागरिक पनि हो । आज नेपालमा सच्चा देशप्रेमि नागरिकको खाँचो छ । कँही न कँही राजनैतिक दलको स्वार्थ,व्यक्तिगत स्वार्थ, र साम्राज्यवादको प्रलोभनमा देशप्रेम प्रति कमजोर बन्न खोजेको हो कि भन्ने आसंका छ । किनकी नेपालमा एमसीसी मार्फत साम्राज्यवाद नाङ्गो रुपमा आउदा सम्म नेपाली नागरिकहरु सड्कमा आउन हिच्किचाही रहेको छ । खुलेर सड्कमा आउन सक्दैन । नेपालका केही लेण्डुप दोर्जेहरुको भ्रममा भ्रमित भइरहेको अवस्था छ । यो के हो त ? यो कँही न कँही देशप्रेम प्रति माटो प्रति कमजोर भयो । तर यो हुन दिनु हुदैन भन्ने लाग्छ । आउने दिनमा नेपाली जनताले बुझदै जानेछ ।

सबै जनताको चेतनास्तर एउटै हुन सक्दैन । कोही ढिलो बुझ्न सक्छ । कोही छिटो बुझन सक्छ । तर जनताले एक दिन अनिवार्य बुझने छ । जनताले आफ्नो पुरानो दब्बु मानसकिताबाट पनि माथि उठ्नै पर्छ । एकपटक माओले भन्नु भएछ “जनता काचो माटो हुन जता पनि लाग्छ । अथवा जस्तो आकारको भाँडा बनाउन खोज्यो त्यो बन्छ ।” यो साँच्ची कै पनि हो । नेपाली जनतालाई प्रतिक्रियावादी र साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेका छन । काँचो माटोको जनतालाई केही हद सम्म भ्रममा पारेर आफ्नो स्वार्थपूर्ति गर्ने षड्यन्त्र गरेका छन । यो दिगो होइन र हुन सक्दैन । काँचो माटोको जनता अब क्रान्तिकारी परिवर्तन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा अवश्य लाग्ने छ । भियतनामबाट साम्राज्यवादलाई जनताले लखेटेको इतिहासँ ताजै छ । ब्रिटिस सामाज्यवादलाई भारतीय जनता र जापानी साम्राज्यवादलाई चिनियाँ जनता र हिटलरको साम्राज्यवादलाई रुसी जनताले लखेटेको इतिहास कसैले लुकाउन सक्दैन । अन्ततः जनताको विजय साम्राज्यवादले रोक्न सकेन । त्यसैले भनिन्छ, इतिहाँसको निर्माता जनता हुन । यो नेपाली जनताले राम्रोसंग बुझनेछ । साम्राज्यवाद र दलाल संसदीय व्यवस्थाको अत्याचारले नेपालमा सीमा नाघेको छ । एमसीसी जस्तो राष्ट्रघातले देश माथि वलात्कार भएको छ ।

नेपाली माटोप्रति माया भएका सबै नेपालीहरु साम्राज्यवादको षड्यन्त्रका विरुद्ध एक बनौं । नेपाली सबै श्रमजीवि,राष्ट्रप्रेमी,किसान मजदुर,महिला,दलित, उत्पीडितहरु जाति जनजातिहरु सबैले हात–हातबाट औजार ल्याएर साम्राज्यवादको सैन्य परियोजना एमसीसी विरुद्ध उत्रिनुपर्छ । यदि नेपालमा एमसीसी कार्यान्वयन भयो भने नेपालमा अमेरिकी सेना परेड खेल्नेछ । चीन विरुद्ध युद्ध हुदा नेपाल दोस्रो युक्रेन हुनेछ । यो कुरा हामी नेपालीहरुले समयमै बुझन आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीले उठाएको राष्ट्रिय स्वाधीनताको लडाई र राजनैतिक परिवर्तनको लडाईमा साथ दिन जरुरी छ । देश बचाउने अभियानको नेतृत्व नेकपाले गर्नेछ । यो अभियानमा कोही तल माथि नभनि सीमा रेखा तोडेर एमसीसी विरुद्धको मोर्चामा सहभागी हुनुपर्छ । जनताको शक्तिले एमसीसी नेपालबाट खारेज हुनेछ । साम्राज्यवाद नेपालबाट भाग्ने छ । साम्राज्यवादका नेपाली दलालहरु पनि भाग्नेछन । यो देश सच्चा नेपालीहरुको काँधमा हुनेछ । नेपाल स्वतन्त्र र स्वाभिमानी बन्नेछ । कसैको गुलामी र दलालहरुको देश नेपाल कहिल्यै हुनेछैन । एमसीसी –मुर्दावाद ! देशभक्तहरुको राष्ट्रिय एकता– जिन्दावाद !

जनपत्रिका मासिकको पाँचौ अंकबाट साभार

प्रतिक्रिया दिनुहोस