नेकपाको जारी नवौं महाधिवेशनको बन्दसत्र सुरु, केन्द्रीय समिति निर्वाचित गरी समापन हुदै

३१ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तु शिवगढीमा जारी नवौं महाधिवेशन आज नयाँ केन्द्रीय समिति निर्वाचित गर्दै सकिदै छ ।

महाधिवेशनले पास गरेको नेपाली क्रान्तिको रणनीति,कार्यदिशा र कार्यनीतिलाई कार्यान्वयन गराउन सक्ने सक्षम नेताहरु केन्द्रीय समितिमा निर्वाचित हुनेछ ।

केन्द्रीय समिति कति जनाको सम्म बनाउने भन्ने विषयमा नेकपा नेताहरु आन्तरिक गृहकार्यमा लागेका छन् । नेकपाका महासचिव विप्लवले यो पटकको महाधिवेशनले केन्द्रीय समितिको संख्या वढाउन सक्ने महाधिवेशनको बन्दसत्रमा जानकारी दिनु भएको छ ।

केन्द्रीय समिति सम्भवत ः यो पटकको महाधिवेशनले एक सय वरावरको संख्यामा निर्वाचित गर्न सक्ने अनुमान गरिएको छ । नेताहरुले यो वारे आधिकारीक धारणा भने सार्वजनिक गरेका छैनन् । महाधिवेशनको वन्दसत्र भने केही समय अघि सुरु भएको छ ।

बन्दसत्रमा फिलिपिन्स कम्युनिष्ट पार्टी,जर्मनी कम्युनिष्ट पार्टी,चिनियाँ कम्युनिष्ट पार्टी,अफगानिस्तान कम्युनिष्ट पार्टी लगायतका विश्वका भाईचारा कम्युनिष्ट पार्टीहरुले महाधिवेशन सफलताका लागि दिएको शुभकामना नेकपाका केन्द्रीय सदस्य प्रेम दर्नालले पढेर सुनाउनु भएको  छ ।

असोज २५ गते उद्घाटन भएको महाधिवेशनको नेकपाका महासचिव विप्लवले उद्घाटन गर्नु भएको थियो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन,विधान र जातीय मुक्ति सम्वन्धिको प्रस्ताव माथि सुझाव दिन २० वटा समूह विभाजन गरिएको थियो ।

आईतवार मात्र सवै समूहका नेताहरुले सुझाव पेश गर्ने काम सकेका थिए । केही केन्द्रीय सदस्यहरुले पनि आ आफ्नो धारणा राखेका थिए ।

त्यसपछि नेकपा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन,विधान र जातीय मुक्तिको प्रस्ताव माथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सिंगो हलले आईतवार नै एकमतका साथ प्रस्तावहरु पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस