५ माघ, काठमाडौँ । युवा संगठन नेपालले नेकपा र सरकार बीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनले सहमति भएको ५ वर्ष पुग्न लाग्दा समेत ३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै शनिबार देखि देशभर हस्ताक्षर अभियान प्रारम्भ गरेको हाे ।
युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले हस्ताक्षर अभियानलाई सम्बाेधनका क्रममा नेपाल सरकार र नेकपा बीच भएको ३ बुँदे सहमति भएको ५ वर्ष पुग्न लाग्दा समेत राज्यले कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै राज्य सहमति बाट भागेको आरोप लगाए ।
अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति कार्यान्वयन नगरे थप संघर्ष अगाडि बडाउने भन्दै सहमति तत्काल लागू गर्न प्रधानमन्त्री केपि ओलिलाई आग्रह गरे ।
सरकार र नेकपा बीच भएको तीन बुदे सहमति अनुसार मुद्दा फिर्ता लिने र बन्दीहरू रिहाई गर्ने कुरा अझै पुर्ण रूपमा कार्यान्वयन भएको छैन ।