६ फागुन, कालिकोट । बडिमालिकाका पुजारी तथा पूर्व वडाअध्यक्ष कृष्ण प्रसाद धमालाले बडिमालिका लागि पर्यटनमन्त्री हुदा प्रकाण्डले ६ लाख रुपैया दिएको बताउनु भएको छ ।
उहाँले महेन्द्र शाहीले १५ बर्ष सांसद हुदा पनि १ रुपैया सहयोग नगरेको गुनासो गर्नु भएको छ । ज्वाला खवरसंग बुधवार कुरा गर्दै पुजारी धमालाले पर्यटन क्षेत्रमा प्रकाण्डले धेरै विकास गरेको जिकिर गर्दै बरु महेन्द्र भन्दा कांग्रेसका जीवन शाहीले सहयोग गरेको खुलासा गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ २०६५ तिर वडिमालिका त्रिवेणीका लागि ६ लाख रुपैया प्रकाण्डले हालिदिनु भयो,म जुम्ला जाँदा भ्यू टावरदेखि लिएर, सहिद गेटदेखि लिएर, सहिद पार्क राष्ट्रिय निकुञ्जको लागि बजेट छुट्याई सम्पूर्ण गर्नु भयो, त्यतिवेला ६ लाख दिनु धेरै हो, त्यो भन्दा पछि हुम्लाको जीवन वहादुर शाहीले ८ करोड हाल्नु भयो, १५ बर्ष हुदा महेन्द्र शाहीले केही गरेनन्, सिमनाथको थानसम्म पुगेका छैनन्, म एकपटक मुख्यमन्त्री हुदा सुर्खेत जाँदा र बजेटको कुरा गर्दा ‘राँगा पाल्नु होस कुरा पाल्नुहोस, मठ मन्दीरमा पुरा गरेर के गर्नु हुन्छ’ ? भनेर जवाफ दिनु भयो ।’
सिमनाथका पुजारी समेत रहनु भएका पूर्व वडाअध्यक्ष धमालाले महेन्द्र भन्दा प्रकाण्डले धेरै विकास गरेको ठोकुवा गर्नु भयो ।
पुजारी धमालाले महेन्द्र शाहीले १५ बर्ष शासन गर्दापनि मठमन्दीरमा नपुगेको, र धार्मिक र पर्यटन क्षेत्रमा विकास नगरेको भन्दै आलोचना गर्नु भयो ।