६ फागुन, कालिकोट । नेकपा(माओवादी)का प्रवक्ता तथा उम्मेदवार प्रकाण्ड सीले राज्य र राज्य संचालकहरुको जनविरोधी चरित्रले जेनजी आन्दोलन जन्मिएको बताउनु भएको छ ।
मंगलवार कालिकोटको भर्तामा भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले राज्य र राज्य संचालकहरुको जनविरोधी चरित्रले जेनजी आन्दोलन जन्मिएको बताउनु भएको हो ।
उहाँले जनेजी आन्दोलनले संसदवादी पार्र्टीका नेताहरुमाथि ठुलो कार्र्वाही गरेको बताउनु भयो ।
उहाँले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई दुरुपयोग गरी नेपाली जनतालाई उल्लु बनाउने काम गरेको टिप्पणी गर्नु भयो । उहाँले टुडिखेलमा अमेरिकी सेनाको परेड खेलेको कुरामा आपत्ति जनाउनु भयो । नेता प्रकाण्डले नेपाली सेनालाई अमेरिकी सेना बनाउने षड्यन्त्र भएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘यो सरकार भूइमा खु्टा नटिकेको सरकार हो । यो चुनाव नेपाली जनता र राष्ट्रको चुनाव हुन्छ कि ? या यो चुनाव अमेरिकी साम्राज्यवादी हस्तक्षेपको हुन्छ प्रश्न उठेको छ, १० बर्षसम्म उच्च संघर्ष जनयुद्ध भयो । त्यो बेला राज्यको आतंक दमन नखेपेका कोही हुनुहन्न । त्यसपपछि गणतन्त्र स्थापना भयो । सीमित अधिकार स्थापित भयो । नवदलालहरुले त्यो अधिकार पनि यो चुनाबाट खोस्ने षड्यन्त्र गरेका छन । यो चुनावकोवारे धेरै ठुला प्रश्न छन । नेपाली जनताको नीति आफ्नो र राष्ट्रको मुद्धाको सम्वोधन गर्न सक्ने वा नसक्ने प्रश्नको वीचमा यो चुनाव छ । धेरै ठुलो जिम्मेवारी छ ।’
उहाँले नेपाली जनताले आफ्नो प्रतिनिधित्व गर्ने प्रतिनिधि विजय गराउनु पर्ने भन्दै नवदलालसंग संघर्ष गर्ने सक्षम नेतृत्व पठाउन अपिल गर्नु भयो ।