कालिकोटमा ४ हजार ८९ जना परिक्षार्थी एसइईमा सहभागी हुदै

५ चैत्र, कालिकोट । यसबर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) चैत्र ७ गतेबाट सुरु हुदैछ । कालिकोट जिल्लाबाट मात्र यो बर्षको एसइई परिक्षामा ४ हजार ८९ जना परिक्षार्थीहरु सहभागी हुदैछन ।
जिल्लामा परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा समन्वय इकाई कालिकोटले जनाएको छ । यो बर्ष कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ३७ हजार ९११ विद्यार्थी एसइई परिक्षामा सहभागी हुने छन ।
प्रदेशभरी साधारण तर्फ ३ हजार ३३८, प्राविधिक तर्फ १६, नियमिततर्फ ३ हजार ४ हजार ४४ र ग्रेड वृद्धि तर्फ २२४ विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
प्रदेशभरीका जिल्लाहरुमा सबैभन्दा बढी एसइई परिक्षा दिने विद्यार्थी ९ हजार ५१३ सुर्खेत र सबैभन्दा कम परिक्षा दिने विद्यार्थी ७ सय ७७ डोल्पा रहेका छन ।
यस प्रदेशका अन्य जिल्लाहरु दैलेख ६ हजार १९६, जाजरकोट ४ हजार ६६८, सल्यान ४ हजार २६९,रुकुम पश्चिम ३ हजार ६६८, जुम्ला २ हजार ६८१, हुम्ला १ हजार १ सय ४ र मुगु ९ सय ४६ विद्यार्थीहरुले एसइई दिनेछन ।
प्रदेशभरका जिल्लामा १८० वटा परिक्षा केन्द्र तोकिएको छ । यस्तै, केन्द्राध्यक्ष १८०, सहायक केन्द्राध्यक्ष २५२, निरीक्षक १ हजार ८ सय ९५, परीक्षा सहायक ३ सय ८०, कार्यालय सहयोगी ७ सय ५८ र सुरक्षाकर्मी २ हजार ७ सय गरी जम्मा ६ हजार १ सय ६५ जनाको जनशक्ति परिचालन हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस