प्रेस सेन्टर जुम्लाका अध्यक्ष शाहीमाथि आक्रमण: एक हप्ता पछि गर्याे प्रहरीले मुद्दा दर्ता

५ चैत, जुम्ला । प्रेस सेन्टर नेपाल जिल्ला समिति जुम्ला तथा महिला जागरण डटकमका अध्यक्ष, जुझारु एवं उर्जावान् पत्रकार दिलमाया शाहीमाथि आक्रमण गर्ने प्रमिला शाही विरूद्व एक हप्ता पछि अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।

पत्रकार दिलमाया शाहीले दिएको अभद्र व्यवहार कसुर अन्तर्गतको जाहेरी साेमबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले जानकारी दिनुभएको हाे ।

उहाँले जाहेरी दर्ता भए सँगै प्रहरीले प्रमिला शाही विरूद्व पक्राउ पुजी जारी गरेको र पक्राउ प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

२७ फाल्गुन बिहान ८ः३० बजेको समयमा काम विषेशले टुडिखेलकाे माथिल्लो गेटबाट बजार जाँदै गर्दा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना स्याउ सुपाेरजाेन कार्यालय अगाडि हिडिरहेकाे बेला एक्कासी पछाडीबाट आक्रमण भएकाे थियाे ।

आक्रमण गर्ने महिला तिला गाउँपालिका ४ जुम्ला निवासी हाल जुगाड पुल नजिकै तरकारी पसल गर्दै आएकी प्रमिला शाहीले विना कारण एक्कासी पछाडिबाट आक्रमण गरेकाे पत्रकार शाहीले बताउनुभयो ।

उहाँकाले ती महिलासँग आफ्नो कुनै पनि रिसिबी नभएको र उनलाई अरु कसैले आक्रमण गर्न लगाएकाे आशंका व्यक्त गर्नुभयो ।

अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस