जनगणना कार्यालय स्थापना गरि जनगणनाका कामहरु सुरु

५ चैत,कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । सरकारले राष्ट्रिय जनगणना कार्यक्रम २०७८ शुरु गरेपछि जिल्लामा विहिवार एक कार्यक्रमका विच जनगणना कार्यालयहरु स्थापना गरिएको हो ।

जनगणनाका आन्तरिक कार्यहरु यस अघि देखि सुरु भएका थिए । तर जिल्लामा आज वाट कार्यालय स्थापना गरी औपचारिक रुपमा कामहरु सुरु गरिएको जनगणना अधिकारी कमलराज गिरीले बताउनु भएको छ ।

राष्ट्रिय योजना आयोग द्धारा यस अघि प्रत्येक पालिकाका लागि गणक र सुपरिवेक्षकका लागि दरर्खास्त आवाहन गरि सकेको हुदाँ केही समय भित्र मानविय शक्तिको व्यवस्थापन गरि गणनाका कामहरु सचालन हुने जनगणना अधिकारी गिरीले वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस