कोरोना अपडेट : स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन (लाइभ)

वैशाख ६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अपडेट दैनिक गराउँदै आएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन् । शनिबारको पत्रकार सम्मेलन अन्य दिनको भन्दा फरक हुने देखिएको छ । नेपालकी दोस्रो कोरोना बिरामीसँगको कुराकानी पत्रकार सम्मेलनमा सुन्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुार कोरोना जितेर घर  फर्किएकी युवती र  शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका प्रवक्ता डा. अनुप बास्तोलासँगको छोटो कुराकानी प्रेस ब्रिफिङ लगत्तै हेर्न सकिने छ ।

लाइभ 

https://www.facebook.com/mohpnep/videos/3501713873177797/?t=14

प्रतिक्रिया दिनुहोस