४ जेठ, कालिकोट । अत्याधिक रक्तश्राव भएपछि कालिकोटमा एक १९ वर्षिय सुत्केरीको मृत्युु भएको छ ।
रास्कोट नगरपालिका–६ निवासी निसा फर्सालको सुत्केरी पछि अत्याधिक रक्तश्राब हुदा मंगरबार विहान मृत्यु भएको हो ।
उहाँको सुत्केरी हुनु भन्दा अघि सोमवार स्वास्थ्य चौकीमा गएर चेक जाँच गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले वताएका थिए ।
तर सोमवार राती नै सुत्केरी व्यथा वढेपछि उहाँलाई स्युना स्वास्थ्य चौकिमा राति १२ बजे पुर्याएपछि निसाले छोरा जन्माउनु भएको थियो ।
वच्चा जन्मीएपछि लगातारको रक्तश्रावले उहाँको विहान मृत्यु भएको स्वास्थ्यकर्मी धुव्र फर्सालले वताउनु भएको छ ।
तर स्थानीयवासीले भने उपचारमा लाहपर्वाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाएका छन ।
प्रतिक्रिया दिनुहोस