४ जेठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटीले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिव्रता दिएको छ ।
नेकपाले अभियानमा पार्टी तथा जनवर्गीय संगठनहरुका संगठनहरु वनाउन थालेको छ । मंगलवार नेकपाले रास्कोट नगरपालिकाको वडा नम्वर ८ मा मात्र पाँच वटा जनवर्गीय संगठनहरुका संगठन निमार्ण गरेको छ ।
वडाको सीम टोलमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको टोल कमिटी सन्जु सीको अध्यक्षमा ९ सदस्सीय र युवा संगठन नेपालको टोल कमिटी मिथिन सीको अध्यक्षामा १६ सदस्सीय गठन गरेको छ ।
यस्तै वडा नम्वर ८ को बाँखरकोट टोलमा नेकपाले तीन वटा जनवर्गीय संगठनका कमिटीहरु गठन गरेको छ ।
राम बहादुर सीको अध्यक्षतामा ७ सदस्सीय श्रमिक समुदाय मोर्चा नेपाल, गौकला सीको अध्यक्षतामा १६ सदस्सीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, पंख सीको अध्यक्षतामा १९ सदस्सी युवा संगठन नेपालको टोल कमिटी गठन गरिएको नेकपाले जनाएको छ ।
नेकपाले संगठन सुदृढ तथा विस्तार अभियानका क्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी राम वहादुर विक ,वुद्धि दर्जी र उदे विक नेकपामा प्रवेश गरेको जनाएको छ ।
अभियानका क्रममा नेकपा रास्कोट नगर कमिटी इन्चार्ज निर्देशन सी, सेक्रेटरी गौतम सी, जिल्ला कमिटी सदस्य सञ्जय सी, छायाँ सी, वडा सेक्रेटरी छाल लगायतको सहभागीता रहेको थियो ।
अभियानका क्रममा नगर इन्चार्ज निर्देशनले नयाँ संगठनमा आवद्ध सवैजनालाई हार्दिक वधाई सहित धन्यवाद दिर्दै पार्टीको योजनामा सक्रियतापूर्ण लाग्न निर्देशन दिनुभयो ।
उहाँले नेपालमा वैज्ञानिक समाजवाद ल्याउने अभियानमा सवैलाई आवद्ध हुन अपिल गर्दै दलाल संसदीय व्यवस्थालाई जरैवाट नउखेल्य सम्म समाजवाद नआउने ठोकुवा गर्नुभयो ।