कंचन सुदर्शन लिम्प्याओवादी गद्दार हुन: विषम

असार ४, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्ताेष बुढामगर (विषम) ले कंचन सुदर्शनले एकीकृत जनक्रान्तिकाे आन्दोलनमा गद्दारी गरेको आराेप लगाउनु भएको छ ।

भेरी कर्णालीका ६ जिल्ला सुर्खेत, दैलेख, बाँके, बर्दिया र जाजरकोटका र डाेल्पा कार्यकर्ता राजनीतिक तथा बैचारिक प्रशिक्षणलाई शनिवार सुर्खेतमा सम्बाेधन गर्दै उहाँले यस्तो आराेप लगाउनु भएको हाे ।

उहाँले कंचन शुदर्शनले नेतृत्व र क्रान्ति विरूद हमला गरेर लिम्प्याओवादी प्रवृत्ति प्रदर्शन गरेको बताउनु भयाे । सचिवालय सदस्य विषमले बैचारिक दृष्टिकोणमा नै विचलन पैदा भएका कारण उनिहरू चुनावकाे बाहाना मात्र बनाएर फुटेको बताउनु भयाे ।

नेता विषमले भन्नुभयो “याे अन्नपूर्ण हाेटलबाट पार्टीलाई जानकारी बिना गुणराज लाेहनीले ल्याएको ५० लाख पचाउन हाे । सुदर्शनकाे परिचालनमा भिम चापागाईंले संकलन गरेको ७७ लाख पचाउन हाे ।” उहाँले पार्टीको १२ औं पुर्ण बैठकले आर्थिक अनियमितता गर्ने विरूद छानबिन गर्ने निर्णय गरेपछि कंचन सुदर्शन अत्तालिएर पार्टी फुटाएकाे बताउनु भयाे ।

नेता विषमले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई जसरी पनि पन्छाएर आफु नेतृत्व आउने चाहाना राखेकाे भन्दै उनीहरूको भित्री याेजना चिनमा माओ बिरूद देखिएको लिम्प्याओवादी प्रवृत्ति जस्तै हाे भन्नुभयो ।

उहाँले उनीहरूकाे त्यो दाउ असफल भएको उल्लेख गर्दै अहिले कार्वाही गरिएका र संगठनका शंकास्पद ब्याक्तिहरूलाई साथमा लिएर पार्टी फुटाएकाे बताउनु भयाे । क्रान्ति गर्न हाेईन क्रान्ति सक्न पार्टी फुटाएकाे उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस