कंचन सुदर्शनमा देखिएको बैचारिक विचलनले पार्टी विभाजन भयो: महासचिव विप्लव

असार ४, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव) ले कंचन सुदर्शन भित्र देखिएको बैचारिक विचलन र दृष्टिकोण खराबले पार्टी फुटाइएकाे बताउनु भएको छ ।

शनिबार सुर्खेतको बिरेन्द्रनगरमा आयाेजित भेरी कर्णालीका ६ जिल्लाका अगुवा कार्यकर्ताकाे बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लवले उनीहरूको प्रमुख समस्या दृष्टिकोणकाे भएको बताउनु भएको हाे ।

महासचिव विप्लवले दृष्टिकोण खराब भएपछि त्यसबाट बिचार, राजनीतिक, दर्शन, आर्थिक, साँकृतिक लगायत सबै क्षेत्रमा विचलनता पैदा हुने गर्छ भन्नुभयो ।

महासचिव विप्लवले भन्नुभयो “जस्का कारण उनीहरू यान्त्रिकवादी र अराजकवादी भएका छन ।” महासचिव विप्लवले उनीहरू दार्शनिक रूपमा यान्त्रिक भैतिकवादी भएको, आर्थिक रूपमा पुजीवादी अराजकतावादी भएको र साँस्कृतिक रूपमा छाडा अराजकतावादी भएको आराेप पनि लगाउनु भयो ।

महासचिवले सुदर्शन जि त अझै प्रचण्डले सडकमा छाडेको ब्याक्ति भएको भन्दै उनलाई पार्टीले क्रान्तिमा रूपान्तरणको लागि एकतामा ल्याएको खुलासा गर्नुभयो । “तर उहाँ रूपान्तरण हुनु भएन । आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनु भएन । क्रान्तिको विरूद कुन्ठा, आवेश बाेक्नु भयो । यसले क्रान्तिलाई फाईदा गर्दैन महासचिव विप्लवले भन्नुभयो ।”

उहाँले सुदर्शनकाे आर्थिक अनियमितता पनि भएको र छानबिनको कुरा पार्टीमा उठदा फुटवाद तिर गएको बताउनु भयाे । महासचिवले भन्नुभयो ” अन्नपूर्ण हाेटलबाट ५० लाख, गाेपाल खड्का बाट ९० लाख सुदर्शन जि ले पार्टी निर्णय बेगर ल्याउनु भयाे । कहाँ खर्च गर्नुभयो थाहा भएन । याे कुरा उठदा पार्टी फुटाउनु भयाे ।”

महासचिव विप्लवले साम्राज्यवादी भन्दा बढी नै पुर्वाग्रह राखेर पार्टी विरूद उनीहरू लागेको उल्लेख गर्दै त्यसरी क्रान्ति नहुने ठुकुवा गर्नुभयो ।

आफ्नो पार्टीलाई संसदवादी भएको आराेप लगाउने कंचन सुदर्शन गुटलाई महासचिव विप्लवले क्रान्तिबाट भागेर संसदवादकाे आराेप नलगाउन चेतावनी दिनुभयो । महासचिव विप्लवले क्रान्तिको तयारी गराैं भन्दा पछाडि फर्किने साथीहरूले धेरै क्रान्तिका कुरा गर्दा जनताले नपताउने भन्दै दृष्टिकोण बदलेर रूपान्तरण हुन सुझाव दिनुभयो ।

१२ औं केन्द्रीय समितिको बैठकको साझा निर्णयहरू उल्लंघन गर्दै हिड्नेहरूले कार्यनीतिकाे रूपमा प्रयोग गरेको चुनावलाई संसदवाद देख्नु बेइमानी बाहेक अर्को नभएको बताउनुभयो ।

महासचिव विप्लवले उनीहरूले पार्टी बनाए पनि रणनीति र कार्यनीति रूपमा कुनै फरक नभएको र छुट्टै पार्टी बनाएर केही अर्थ नहुने ठाेकुवा गर्नुभयो । उहाँले कंचन सुदर्शन समुहलाई आत्मालोचित भएर पुरानो पार्टीमा फर्किन आग्रह गर्नुभयो ।

महासचिव विप्लवले आफ्नो पार्टी कहिल्यै पनि क्रान्तिकारी लाइन र विचार भन्दा बाहिर नजाने प्रतिबद्धता जनाउनु भयाे । पार्टीले अन्तर्राष्ट्रिय कम्युनिष्ट एकताको पहल गरिएको भन्दै महासचिवले चाैंथाे अन्तर्राष्ट्रिय गठनको पहल गर्न चिनियाँ कम्युनिष्ट पार्टी सँग आग्रह गरेको खुलासा गर्नुभयो ।

कार्यक्रममा भेरी कर्णालीका बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट र डाेल्पा गरि ६ जिल्लाका झन्डै दुई सय बढी अगुवा कार्यकर्ताहरूकाे सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका सचिवालय सदस्य सन्ताेष बुढामगर (विषम) केन्द्रीय सदस्य आदर्श लगायतका नेताहरूको पनि सहभागीता रहेको थियो । नेकपा केन्द्रीय सदस्य एटम विसीकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे संचालन केन्द्रीय सदस्य खुमा सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस