२ असोज,कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर १ मा अघिल्लो आर्थिक वर्षको खेलक्षेत्रमा छुट्याएको १ लाख रकम गाउँपालिकावाट भुक्तानी भइसकेको भएपनि खेलाडीहरुले नपाएपछि वडा कार्यालयमा ताला लगाएका छन ।
पीडित खेलाडीहरुले आफूले खेलकुद खेलिसकेको र रकम पनि पालिकाबाट भुक्तानी भइसकेको भएपनि वडा अध्यक्ष र सचिवले भूक्तानी गर्न आलटाल गरेको भन्दै वडा कार्यालयमा ताला लगाउनु परेको बताएका हुन ।
उनीहरुले एक वक्तव्य समेत जारी गरी वडा अध्यक्ष र सचिवलाई कार्वाहीको माग गरेका छन । पीडित खेलाडीहरुले आफूले पाउनु पर्ने रकम यथाशिघ्र पाउनु पर्ने माग गरेका छन ।
खेलाडीहरुले मागहरु पुरा नहुदा सम्म वडा कार्यालयमा लगाएको ताला नखोलीले समेत चेतावनी दिएका छन ।
खेलक्षेत्रको लागि वडालाई अघिल्लो आर्थिक वर्षमा १ लाख रुपैया छुट्याएको थियो । यो पैसा गत असार भित्रै वडा सचिव मोहन न्यौपानेले आफ्नो नाममा भुक्तानी लिएको खेलाडीहरुको दावी छ ।
असार देखि असोज लाग्दा पनि रकम खेलाडीहरुले नपाएपछि ताला लगााउनु परेको पीडितहरुले बताएका छन ।