असोज १, जुम्ला । कर्णाली राजमार्गको जुम्ला जिल्लाको सीमानामा पर्ने नाग्ममा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ।
सिँजाबाट जुम्ला तर्फ जाँदै गरेको ना ३ ख ७ ६६४ नम्बरको बसदुर्घटना हुदा सिजाँगाउँपालिका १ का ३१ वर्षीय नन्दबहादुर शाहीको मृत्यु भएको हो। दुर्घटनामा परि ५ जना घाइते भएका छन्।
घाइते हुनेमा अछाम जिल्ला डकारी गाउँपालिका–६ का डिल्ली भुल ,चन्दननाथ नगपालिका ९ का छाया उपाध्याय, छाया नाथनगरपालिका मुगुका जन्मती रावत ,सोही ठाउकै लालदेवी रावत र चन्दननाथ नगरपवालिकाका गर्भकन्या उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनु भयाे ।
घाइतेहरूको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक बताउनु भयाे