२ असोज,सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक कनक शाहीका अनुसार पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका– ८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका– १ का विष्णु रावत, नारायण नगरपालिका– १० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको हो ।
गोप्य सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाई छिपाई राखेको कालो रंगको हाते झोला भित्र रातो खैरो रंगको रेडपाण्डाको छाला एक थान, ५ थान मोबाईल फेला परेको प्रहरी निरीक्षक कनक शाहीले बताउनु भयो । कर्णाली प्रेसवाट