जनपत्रकार संगठन नेपाल भक्तपुरको प्रथम जिल्ला भेला सम्पन्न


२ असाज,भक्तपुर । जनपत्रकार संगठन नेपाल, भक्तपुर जिल्लाको प्रथम जिल्ला भेला शनिवार सम्पन्न भएको छ । भेलाले
नरेन्द्र रौलेको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष लक्ष्मण लम्साल, सचिव अरुण वली, सहसचिव चर्तुर्भुज उपाध्याय, कोषाध्यक्ष प्रकाश महतरा लगायत रहेका छन । निकट भविष्यमा हुन लागेको जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलनको तयारी रुवरुप जिल्ला भेला भएको जनाइएको छ ।

भेलामा जनपत्रकार संगठनका केन्द्रीय सदस्य शोभराज वराल नेकपाका जिल्ला नेतृत्वहरुको सहभागीता रहेको थियो । भेलामा सहभागी अतिथिहरुले जनपत्रकार जनताको सत्य तथ्य समाचार लेख्ने र समाज परिवर्तनको लागि लाग्ने पत्रकार हुनु पर्ने वताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस