जनपत्रकार संगठन नेपालको नवलपरासी अध्यक्षमा पाठक निर्वाचित

 

असोज २ परासी । जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम भेला बर्दघाटमा शनिवार सम्पन्न भएको छ । भेलाले प्रदिप पाठकको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।

भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचिव धिरजले केहि पत्रकारले जनताको समस्या र शोषीत पिडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताउनु भयो ।

सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई केहि व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उहाको भनाई थियो ।

जनपत्रकार संगठनमा आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या र समाधानका विषयहरु आवाज विहिन नागरिकको साथमा पुर्याउनु पर्ने वताउनु भयो ।

भेलामा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रताप,नगर सदस्य गणेश,ओम कार्की लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । भेलाको अध्यक्षता एवं संचालन प्रदिप पाठकले गर्नु भएको थियो ।

जनपत्रकार संगठनले आगामी असोज १० र ११ गते दाङको घोराहीमा लुम्बिनी प्रदेशको प्रदेस सम्मेलन समेतको तयारी गर्न भेला गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस