अध्यक्ष पाटन रिहा नगरे ठुलाे मुल्य चुकाउनु पर्ने युवाको –चेतावनी

सरकार हत्यारो, फासिष्ट र जनविरोधी भएको संज्ञा

कार्तिक १ गते काठमाण्डौ । युवा संगठन नेपालले असोज ३० गते दाङ्गमा आफ्नो संगठनका केन्द्रीय समितिका अध्यक्ष पाटन जंगली लगायत २ दर्जन नेता,कार्यकर्ताहरु गिरफ्तार गरीएको घटनाको कडा निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका उपाध्यक्ष दिनेश र महासचिव सागरको कार्तिक १ गते संयुक्त हस्ताक्षरित प्रेश विज्ञप्ती जारी गरी घटनामा गिरफ्तार गरिएका आफ्नो संगठनका अध्यक्ष सहित सवैलाई यथाशिघ्र रिहा गर्न पनि माग गरिएको छ ।

विज्ञप्तीमा दाङको राजपुर गाउँपालिका वार्ड न. ४ मा नेपाल कम्युनिष्ट पार्टी राप्ती व्युरोको वैठक वसिरहेको बेला नालायक कथित कम्युनिष्ट नामक हत्यारो, फासिष्ट र जनविरोधी केपि, वादल कारखानाको गृह प्रशासनले राती करिव २ः०० वजे घर घेराहालेको जनाइएको छ ।
घटनामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्य पश्चिम कमाण्ड इन्चार्ज क. विरजंग, केन्द्रिय सदस्य तथा राप्ती व्युरो इन्चार्ज क.सुवास, युवा संगठन नेपाल केन्द्रिय समितिका अध्यक्ष पाटन लगायत २१ जना जिम्मेवार नेता कार्यकर्ताहरुको दलाल सत्ताको हत्यारो गृह प्रशासनले गिरफ्तार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नालायक केपि–प्रचण्डहरु विदेशीहरुको पैतला चाट्दै राष्ट्र र राष्ट्रियतालाई कुनै प्रवाह नगरी राष्ट्रघात र जनघात गरिरहेको उल्लेख गर्दै कथित कम्युनिष्ट सरकार आज विश्वका सामु भिखमाग्ने मगन्ते सरकारको रुपमा चिरपरिचित हुँदै गएको भनिएको छ ।
युवा संगठनले विज्ञप्तीमा भनेको छ आफ्नो कर्तुत र वेइमानि छिपाउन अहिले क्रान्तिकारी माथि गिरफ्तारी ,दमन, हत्या हिंसा, मच्चाउने र झुट्टा मुद्दा लगाई हिरासत तथा जेलमा यातना दिइने जस्ता अमानविय व्यवहार प्रर्दशन गरेको छ ।

विज्ञप्तीको अन्तमा हत्यारो, फाशिष्ट दलाल जनविरोधी कारखानाको नालायक केपि– प्रचण्डको सरकारले गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहा नगरे त्यस वाट उत्पन्न हुने जुनसुकै खालको परिणामको जिम्मेवारी लिनु पर्ने चेवातनी दिएको छ ।
विज्ञप्तीको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस