१२६ जना केन्द्रीय सदस्य सहित विप्लव महासचिवमा पुनः निर्वाचित

१ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा विप्लव सहित नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनको वन्दसत्रले केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ ।

जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् ।

यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ ।

पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ । महाधिवेशनले विप्लवलाई पुनःमहासचिवमा निर्वाचित पनि गरेको छ ।

महाधिवेशनले अरु पदाधिकारी भने चयन गरेको छैन । महाधिवेशनको समापन सत्र वुधवार विहान ८ वजे वाट हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस