विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै

२ मंसिर, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी आफ्नो दल दर्ताको प्रमाणपत्र लिन आज निर्वाचन आयोगको कार्यालय जाँदै हुनुहुन्छ ।
विप्लवसंगै पार्टी प्रवक्ता प्रकाण्ड सी सहितका पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरु उत्साहका साथ दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जमल जान लागेका हुन ।
महासचिव विप्लवले चुनाव पनि एउटा क्रान्तिकै मोर्चा भएको भन्दै आगामी निर्वाचनलाई नेकपाले उपयोग गर्ने नीति अनुसार दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउदै आउनु भएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीका अनुसार दिउसो साढे १ बजे महासचिव विप्लव दल दर्ताको प्रमाणपत्र बुझन निर्वाचन आयोगको कार्यालय पुग्नु हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ । नेकपाले निर्वाचन प्रयोजनका लागि गुलाफको फुललाई चुनाब चिन्हको रुपमा प्रस्ताव गरेको छ । सम्भवतः आजै नेकपाले दल दर्ताको प्रमाण पत्र सहित चुनाव चिन्ह गुलाफ पाउने छ ।
नेपाली राजनीतिमा नेकपाको दल दर्ता र निर्वाचनको उपयोग गर्ने रणनीतिलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस